म्याग्दीमा जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ।दुर्घटनाबाट अन्नपूर्ण गाउँपालिका-२ गुरूङ तातोपानीका अन्दाजी १०-१२ वर्षीया रिया विकको मृत्यु भएको हो।त्यस्तै, जीपमा सवार ११ जना घाइते समेत भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।कार्यालयका प्रहरी नायब उपरीक्षक किरण कुँवरका अनुसार करिब साढे ११ बजे ठाँडाखनी भन्ने स्थानबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ८९६ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो।घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको डिएसपी कुँवरले बताए।’घाइतेहरूको अहिले बेनी अस्पतालमा उपचार भइरहेको छ,’उनले भने,’चालकसहित तीन जना गम्भीर अवस्थाका छन्।’गम्भीर घाइते भएका चालकसहित तीन जनालाई उपचारको लागि हेलिकप्टरबाट पोखरास्थित मणिपाल अस्पताल लग्ने तयारी भइरहेको उनले बताए।

Leave a Reply