उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थलमा भ्रमण गर्न रोक लगाएको छ । कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएको अवस्थामा दशैंतिहारको विदामा आन्तरिक पर्यटकहरु घुम्न आउन थालेपछि गाउँपालिकाभित्रका पर्यटकीय गन्तब्यमा अनिश्चितकालका लागि रोक लगाएको हो ।

विश्वकै चर्चित पर्यटकीयस्थल घोरेपानी, पुनहिल, खोप्रा, रुप्झे झरना, तातोपानी कुण्ढ लगायत विभिन्न पर्यटकीयस्थलमा भ्रमण नगर्न सूचना जारी गरी अनुरोध गरिएको गाउँपालिकाका सूचना अधिकारी कुलप्रसाद आर्चायले बताए । ‘यो घुमघाम गर्ने समय हो,‘बाहिरी जिल्लाबाट आउने पर्यटकबाटै कोरोना फैलिने जोखिम छ’ सूचना अधिकारी आचार्यले भने । का मुख्य र अन्य पर्यटकीयस्थल रहेका वडाका जनप्रतिनिधिका साथै स्थानीयले समेत निगरानी गरिरहेकाले भ्रमणमा आएर अलपत्र पर्ने अवस्थालाई मध्यनजर गरी म्याग्दीका साथै छिमेकी जिल्लाका कास्कीको नाकामा समेत कडाई गरिएको बताए।

बेनी–जोमसोम सडकखण्डमा आवतजावत गर्ने यात्रुबाट समेत कोरोनाको जोखिम भएकाले सडकखण्ड आसपासमा रहेका होटल ब्यवसायीलाई समेत जनस्वास्थ्यको मापदण्ड लागु गरी सेवा उपलब्ध गराउन समेत पालिकाले अनुरोध गरेको छ ।

म्याग्दीमा भित्रिने करिब ६० प्रतिशतभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा रहेका अन्नपूर्ण भित्रका पर्यटकीयस्थलमा कोरोनाको जोखिमका बिचमा समेत घुम्न जानेको लर्को लागेपछि यसअगाडी घोरेपानीका होटल ब्यवसायीले समेत होटल तत्काल नखोल्ने सूचना जारी गरिसकेका छन् ।

कोरोनाको महामारीको समयमा समुदायस्तरमै संक्रमणको जोखिमसँगै पालिकाले बाहिरी जिल्लाबाट आउनेलाई अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्न, कोरोनाको लक्षण देखिएमा सम्पर्क गर्न समेत अपिल गरेको छ ।

सार्वजनिक सूचनालाई अटेर गरेमा स्थानीय प्रशासनको सहयोगमा कानुनी कारवाहीको दायरामा ल्याउने समेत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन सुबेदीले बताए । उनले कोरोना अस्पताल सहित कोरोनाबाट गाउँपालिकाबासीलाई जोगाउन आवश्यक सबै स्रोतसाधनको प्रयोग गर्ने समेत बताए ।

सुचना ।
म्याग्दी जिल्लामा कोरोना भाईरस (कोभिड (१९)को संक्रमण बढदै गएको र आगामी दिनमा यसको संक्रमण अझ तिब्र रुपमा फैलिन सक्ने सम्भावना उच्च रहेको छ । बेनी बजार क्षेत्र सँगै पोखरेबगर, तातोपानी क्षेत्र तुलनात्मक रुपमा उच्च जोखिममा रहेको अवस्था समेतलाई मध्यनजर गरी यसको संक्रमणलाइ न्युन गर्न तपशिल अनुसारका कार्यहरु गर्नु गराउनु हुन सम्पुर्ण गाँउपालिकाबासी आम नागरिकमा जानकारीको लागि यो सुचना जारी गरिएको छ ।
तपशिलः
१. यस गाँउपालिका क्षेत्र भित्रका पर्यटकिय स्थलहरु महरेडाँडा, करबाकेली, खोप्रा, बयली, ढाडखर्क, घोरेपानी, पुनहिल, रुप्से झरना, नारच्याङ झरना, तातोपानी कुण्डहरु, रातोपानी कुण्डमा आन्तरिक तथा वाहय पर्यटकहरुलाई भ्रमण नगर्न आग्रह गर्नेरभ्रमणमा रोक लगाउने ।
२. संक्रमणको जोखिम भएका बाहय जिल्लाबाट आउने व्यक्तिहरुलाइ अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टाइनमा बस्न लगाउने । सो कार्यको अनुगमन र समन्वय सम्बन्धित वडा कार्यालयले गर्ने ।
३. व्यापार व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्ने ।
४. अत्यावश्यक काममा बाहेक बाहिर ननिसक्न र निसक्नै परेमा स्वास्थ्य सुरक्षाका निर्धारित मापदण्ड अनिवार्य रुपमा पालना गर्ने ।
५. कोभिड (१९ को शंकास्पद लक्षण तथा चिन्हहरु देखा परेमा नजिकको स्वास्थ्य चौकी, वडा कार्यालय, गाँउपालिकाको स्वास्थ्य शाखा वा गाँउपालिकामा सम्पर्क गर्ने ।
कोरोना भाईरस (कोभिड (१९) को संक्रमणबाट आफु पनि बचौँ र अरुलाइ पनि बचाऔँ ।

Leave a Reply