म्याग्दीमा समाजसेवी एवम् उद्योगपति प्रमोद श्रेष्ठलाई पितृ शोक परेको छ । बेनी नगरपालिका-७, बैंकरोडस्थित आफ्नै निवासमा अचानक विरामी हुनुभएका श्रेष्ठका पिता खड्कलाल श्रेष्ठको काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि बिहिबार दिउँसो हेलिकप्टरमार्फत ८० बर्षिय श्रेष्ठलाई हेलिकप्टरमार्फत काठमाण्डौमा लगिएको थियो । सरकारी जागिरबाट अवकाश प्राप्त भएपछि घरायसी र बेनीबजारका विभिन्न सामाजिक तथा धार्मिक कार्यक्रममा सक्रिय सहभागिता जनाउने गर्नुहुन्थ्यो । सरल स्वभाव, मिलनसार ब्यक्तित्वको निधनले बेनीबजारबासी स्तब्ध भएका छन् ।

 

Leave a Reply