केहीदिन अगाडी म्याग्दीमा कोरोना भाइरसका लक्षणसँग मिल्दाजुल्दा ६ जना बिरामीको स्बाब संकलन गरिएकोमा ५ जनामा कोरोना पुष्टी भयो ।

रुघा, खोकी लगायत स्वाशप्रस्वाशसम्बन्धी समस्या भएका बिरामीको स्बाब संकलन गरी पिसिआर परीक्षणको क्रममा पछिल्लो समय लक्षण सहितका संक्रमति भेटिन थालेपछि समुदाय स्तरमा तीव्र गतिमा सङ्क्रमण फैलिरहेको अनुमान गरिएको छ ।

‘ट्राभल हिस्ट्री’समेत नभएका बेनीबजारका बृद्ध, औषधी पसलका सञ्चालकमा समेत कोरोना पुष्टीले सदरमुकाम बेनी उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।

‘अहिले धमाधम लक्षण सहितका संक्रमति भेटिएका छन्,‘जोखिम धेरै बढेको छ,‘थप जोखिमबाट जोगिन समुदायस्तरमै सतर्कता आवश्यक छ’ लम्सालले भने ।

उनका अनुसार कोरोनाका सतप्रतिशत कोरोना संक्रमतिमा कुनै लक्षण नदेखिएको अवस्थामा पछिल्लो एकमहिना यताका कोरोना संक्रमतिमा खोकी, श्वासप्रश्वासमा समस्या, ज्वरोलगायतका लक्षण देखिएपछि पिसिआर परीक्षणका कोरोना पुष्टीसँगै बेनी नगरपालिका भित्र थप कडाई गरिएको बताए ।

जिल्ला बाहिरबाट आउने सुरक्षाकर्मीमा पहिलोपटक लक्षण देखिएकोमा पछिल्लो समय जिल्लाभित्रकै बिरामीमा कोरोनाको लक्षण देखिएको लम्सालको भनाई छ। ‘सरकारी संयन्त्रको एकल प्रयासबाट मात्रै सम्भव छैन्,‘अव आफ्नो सुरक्षा आफैले गर्नुपर्छ’ प्रमुख लम्सालले भने ।

बेनी अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये ज्वरोको बिरामीको संख्या बढ्दै जान थालेकाले अति आवश्यकता परेमात्रै उपचारका लागि आउन समेत अनुरोध गरिएको छ ।

लक्षणविहिनको स्बाब संकलन नगरी लक्षण देखिएकालाई प्राथमिकता दिइएको अवस्थामा पछिल्ला संक्रमतिमध्ये अधिकांस ज्वरोखोकी र छाती दुख्ने समस्याका बिरामी भएको स्वास्थ्य कार्यालयले जनाएको छ। यसैबीच बेनीबजार कोरोनाको उच्च जोखिममा परेपछि आइतबार सचेतनामुलक कार्यक्रम समेत सञ्चालन गरिने भएको छ ।

Leave a Reply