---Advertisement---

घाँस काट्ने क्रममा गम्भीर घाईते किशोरीको उपचारमा आर्थिक अभाव, सहयोगको याचना

On: November 11, 2020 7:21 PM
Follow Us:

घाँस काट्न गएको समयमा रुखबाट लडेर धवलागिरी गाउँपालिका–६ मराङ बुलकी एक किशोरी गम्भीर घाईते भएकी छन्। शुक्रबार विहान घर नजिकै घाँस काट्ने क्रममा १६ बर्षिया रममायाँ विकको शरीरलाई चलायमान राख्ने मेरुदण्ड (ढाड) को हड्डी भाँचिएको छ ।

अचेत अवस्थामा भेटिएकी विकको बेनी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि पोखरा लैजाने आर्थिक अभाव भएपछि परिवारले सहयोगको याचना गरेका छन् ।

‘छोरीको उपचारका लागि पैसाको अभाव छ,‘बेनी अस्पतालमा डाक्टरले सम्भव भएको गर्नुभयो,‘अप्रेसन गर्ने पैसा छैन’ घाईतेका बुबा सम्मर बहादुर विकले भने । घाईते विकको कम्मरमुनिको भाग नचल्ने अवस्था रहेको बेनी अस्पतालका मेडिकल कोअर्डिनेटर डा. नवराज बस्ताकोटीले बताए ।

‘उहाँको शल्यक्रिया नगरिए उपचार असम्भव छैन्,‘बेनीबाट पोखरा रिफर गरिएको थियो, आर्थिक ब्यवस्थापन नहुदाँ समस्या भएको छ’ डा. बस्ताकोटीले भने । घाईते विकको शल्यक्रिया सहित औषधी लगायतका खर्चमा करिब २ लाख लाग्ने अनुमान गरिएको छ ।

घाईतेलाई पोखराको फेवा सिटी हस्पिटलमा पठाउने तयारी भइरहेको छ। घाईतेको शल्यक्रियामा लाग्ने खर्च सहित अन्य केही छुट गर्ने हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. दिवश क्षेत्रीले प्रतिबद्धता जनाएपछि एम्बुलेन्स मार्फत पठाइएको हो । फेवा सिटीमा कार्यरत डा. कटुवालले यसअगाडी पनि चिकित्सा क्षेत्रमा दुर्लभ मानिएका शल्यक्रिया गरेका छन् ।

उनले मालिका गाउँपालिका–२ रूम बिलवाङमा रुखबाट खसेका २७ बर्षिय झलकमान पुनको समेत मेरुदण्डको सफल शल्यक्रिया गरेका थिए । घाईते बिकलाई तत्काल एम्बुलेन्स सहितको उपचारका लागि परोपकारी संस्था ओमकुमारी शान्ति कोषबाट ७ हजार ब्यवस्थापन गरिएको छ । थप जानकारीका लागि सम्मर बहादुर विक-९८६६३४६०३५

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।

Comments are closed.