कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको म्याग्दीको सदरमुकाम बेनीमा आइतबार थप पाँचजनामा कोरोना देखिएको छ । संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेकामा कोरोना पुष्टी भएको हो ।

बेनी नगरपालिका वडा नं ७ का ३ जना, वडा नं ८ का १ जना र रघुगंगा गाउँपालिका–२ घर भई बेनीमा बस्ने एक जना गरी ५ जनामा कोरोना पुष्टी भएको हो । संक्रमतिमध्ये दुईजना एक संस्थाका कर्मचारी, ब्यापारी र संक्रमतिका आफन्त रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बेनीमा संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेका ठूलो संख्यामा स्बाब संकलन गरी क्षयरोग उपचार केन्द्र पोखरामा पठाइएको छ । ‘बेनी उच्च जोखिममा छ,‘संक्रमतिको सम्पर्कमा बसेकालाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गछौं,‘लक्षण देखिएमा तुरुन्त सम्पर्कमा आउन अनुरोध छ’ प्रमुख लम्सालले भने ।

उनका अनुसार सदरमुकाम बेनीमा कन्ट्रयाक्ट ट्रेसिङमा परेकामा कोरोना देखिएपछि थप सचेत हुनुपर्ने बताए । कोरोना भाइरस संक्रमणको दर बढ्दै गएको अवस्थामा पछिल्लो समय भेटिएका अधिकांस संक्रमतिमा लक्षण देखिएको छ । कन्ट्रयाक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोनाको पुष्टीसँगै बेनीबजारमा एक हप्तासम्म भिडभाड हुने क्षेत्र बन्द गरिएको छ ।

Leave a Reply