म्याग्दीमा सबै प्रकारको सुरक्षा मापदण्ड अपनाई परीक्षा सञ्चालन गर्न शिक्षा विकास तथ समन्वय इकाई म्याग्दीले ८ बुँदे मापदण्ड जारी गरेको छ । कोरोना भाइरस (कोभिड(१९) का कारण स्थगित परीक्षामा कोरोना रोकथाम सम्बन्धि जनस्वास्थ्यका मापदण्ड सहित सरकारले तोकेको सबै प्रक्रियाहरु पुरा गरेर मात्रै सञ्चालन गर्ने गरी निर्देशन गरिएको हो।

जिल्लाका सामुदायिक तथा नीजि विद्यालयलाई मापदण्डको अनिवार्य पालना गर्न समेत इकाईका प्रमुख दलबहादुर थापाले अनुरोध गरेका छन् । ‘मापदण्डको अनुगमन हुन्छ,‘कोरोनाबाट जोगिने गरी परीक्षा सञ्चालन गर्न मापदण्डको पालना अनिवार्य छ’ प्रमुख थापाले भने । जनस्वास्थ्यका मापदण्डहरु पालना गरी कक्षा ११ र १२ को परीक्षा सञ्चालनमा समेत म्याग्दीमा विद्यालय जुटेका छन् ।

म्याग्दीका केही सामुदायिक विद्यालयले परीक्षा नै सञ्चालन गरिसकेका छन् भने केहीले तयारी गरेका छन् । परीक्षा सञ्चालन गर्नुअगाडी मास्क, सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने, एउटा बेन्चमा एक विद्यार्थी लगायतमा मापदण्ड रहेका छन् ।

विद्यालयमा उक्त मापदण्ड अन्तरगत जनशक्ती ब्यवस्थापन आवश्यक रहेपनि पूर्वाधारको समस्या नभएकाले मापदण्ड कार्यान्वयनमा समस्या नभएको बताइएको छ ।

Leave a Reply