बागलुङ नगरपालिकाका वडा नम्बर १, २, ३ र ४ नम्बर वडा एक हप्तालाई लकडाउन गरिएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय बागलुङमा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको सुरक्षा नियकाय, राजनीतिक दल, व्यवसायी, जनप्रतिनिधि समेतको सर्वपक्षीय बैठकले सोमबार राती १२ बजेदेखि लागु हुने गरि कार्तिक २४ गते राती १२ बजेसम्मलाई बागलुङ नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ मा लकडाउन गर्ने निर्णय गर्दै उक्त आदेश कार्यान्वयनको लागि जिल्ला सुरक्षा समिति बागलुङलाई अनुरोध गरेको छ ।

सर्वपक्षीय बैठकले लकडाउनको अवधिमा विहान ७ बजेदेखि ९ बजेसम्म अत्यावश्यक सेवा –खाद्यान्न, तरकारी, दुध, औषधी, दाना ढुवानी तथा एम्बुलेन्स सेवा, कृषि तथा पशु उत्पादन, मल, बीउ लगायत) खुल्ला हुने र अन्य समयमा बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले बताए । यस्तै उक्त बैठकले स्वास्थ्य सेवा, विपद् व्यवस्थापन सेवा तथा अत्यावश्यक सरकारी सवारी साधन तथा पुष्पलाल मध्यपहाडी राजमार्ग र कालीगण्डकी कोरिडोरमा चल्ने यातायात सेवा (बीचमा चढ्न र झर्न नपाउने गरी) संचालन गर्ने र अन्य सार्वजनिक यातायात बजार क्षेत्रमा संचालन गर्न नपाउने निर्णय गरेको छ ।

बैठकले अत्यावश्यक बाहेक संघसंस्था तथा बैंक, वित्तीय संस्थाका सेवा र वडा नम्बर १, २, ३ र ४ नम्बर वडा कार्यालयहरुको सेवा सेमत हाललाई स्थगित गर्ने र अत्यावश्यक कार्य बाहेक आवतजावतमा रोक लगाउने निर्णय गरेको प्रशासकीय अधिकृत पन्तले जानकारी दिए ।

Leave a Reply