बागलुङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धौलागिरी अस्पताल बागलुङमा उपचाररत बागलुङ नगरपालिका–३ का ६६ बर्षिय एक जना कोरोना संक्रमित पुरुषको मंगलबार विहान १० बजेर २० मिनेट जादा मृत्यु भएको हो ।स्वास्थ्यमा समस्या देखिएपछि कार्तिक १२ गते धौलागिरी अस्पताल भर्ना भएका उनलाई १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि अस्पतला भर्ना भएका उनलाई १२ गते नै अस्पतालको भेन्टिलेटरमा उपचार गरिएको र मंगलबार मृत्यु भएको धौलागिरी अस्पताल बागलुङका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो । उनलाई अस्पताल भर्ना हुँदा थाइराइड, उच्च रक्तचाप र मधुमेहको समस्या देखिको थियो ।यससँगै बागलुङमा मृत्तकको संख्या ५ पुगेको छ ।

Leave a Reply