म्याग्दी प्रहरीले पिरामिड शैलिबाट नेटवर्किङ व्यवसाय सञ्चालन गरी ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

भारतमा उत्पादन भएको रोग निको पार्ने औषधीलाई सदस्य विस्तार गरी ठगी गरेको आरोपमा पोखरास्थीत मालेपाटनमा गण्डकी हर्वल स्टोर्सका सञ्चालक पर्वत जलजला गाँउपालिका–७ मिलनचोकका होमनाथ जैसी, २४ बर्षर्का सरोज शर्मा र काठमाण्डौ महानगरपालिका–४ टोखा बस्ने प्रदिप रिजाललाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए ।

अनुमतिबिना गैरकानुनी रुपमा सदस्यबाट म्याग्दी र पर्वतका विभिन्न स्थानमा सदस्य बन्नेहरू मोटाउने अनि पछि बन्नेहरू मारमा पर्ने पिरामिड शैलीको नेटवर्किङ व्यापार गर्दै आएकालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रनाउ कुँवरले बताए । ‘कानुनतः त्यस्तो गर्नु अवैध हो,‘थप अनुसन्धान भइरहेको छ’ उनले भने ।

नेटवर्किङ व्यवसाय बिरुद्धको अप्रेसन जारी रहेको प्रनाउ कुँवरको भनाई छ । भारतीय कम्पनीबाट उत्पादन भएका बस्तुहरु व्यक्तिहरूलाई विभिन्न रोगहरु निको हुने, छोटो समयमै राम्रो कमिशन प्राप्त हुने प्रलोभन देखाई निश्चित परिमाणमा फुड सप्लिमेन्टहरू किन्न लगाउने गरेको प्रहरीको भनाई छ ।

म्याग्दी प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्वत माफर्त अनुसन्धानका लागि बस्तुको प्रत्यक्ष विक्रि ऐन २०७४ बमोजिम पिरामिडमा आधारित ब्यवसाय संचालन गरेका उनीहरुलाई अनुसन्धान र आवश्यक कारबाहीका लागि बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाण्डौ पठाईएको छ।

उनीहरुलाई बस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ को परिच्छेद २ को दफा ११ बमोजिम नेपालमा कुनै पनि प्रकारको पिरामिडमा आधारित व्यवसाय सञ्चालन गर्न नपाउने व्यवस्था रहेर ठगी मुद्धा अनुसार कारबाही हुने छ ।

यसैबीच प्रहरीले आर्थिक प्रलोभनमा परेर विभिन्न संजालबाट आएका ब्यक्तिहरुको सामानहरु किन्ने र विक्रि वितरण नगर्न र सचेतनामुलक अभियानमा सहभागी हुन समेत अनुरोध गरेको छ ।सदस्यताको लागि ठूलो रकम लिने र सदस्य बनेपछि एकले अर्कोलाई सदस्य बनाउँदै यस्तो व्यवसाय फैलाइन्छ।

Leave a Reply