गलुङका एक पुरुषको जन्म दिनकै दिन कोरोना संक्रमणको कारण मृत्यु भएको छ । बागलुङ नगरपालिका–३ का ६६ बर्षिय एक पुरुषको जन्म दिनकै दिन मंगलबार विहान १० बजेर २० मिनेटमा धौलागिरी अस्पताल बागलुङमा मृत्यु भएको हो ।

कार्तिक १२ गते श्वासप्रश्वासमा समस्या आई धौलागिरी अस्पताल बागलुङको आकस्मिक विभागमा आएका पुरुषको कार्तिक १४ गते पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो । उनको स्वास्थ्यमा थप समस्या भएपछि कार्तिक १२ गतेनै अस्पतालको आइसियु/भेन्टिलेटरमा भर्ना गरिएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेलले जानकारी दिनुभयो ।उहाँमा थाईराईड, उच्च रक्तचाप, मधुमेह जस्ता समस्या देखिएको डा. पोखरेलले बताए । मृत्तक पुरुष धौलागिरी अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति हुन् ।

उनको आज दिउँसो नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डा बागलुङ र बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले दासंस्कार गरेको थियो । मृत्तकको शबलाई बागलुङ नगरपालिका वडा नम्बर १ निरयघाटमा रहेको कालिगण्डकी नदीको किनारमा व्यवस्थापन गरेको थियो । उक्त शबलाई नेपाली सेनाले सलामी अपर्ण गर्दै दासंंस्कार गरेको हो ।

Leave a Reply