११ बर्षीय बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका म्याग्दी जिल्ला बेनी नगरपालिका-५ भिरमुनी एक यूवालाई प्रहरीले १० महिनापछि पक्राउ गरेको छ । भिरमुनीका २२ का अशोक परियारलाई गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, म्याग्दीबाट खटीएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

अभियुक्तको बिरूद्धमा जिल्ला प्रहरी कार्यालय म्याग्दीमा करणी सम्बन्धी कसुर (जबरजस्ती करणी) शिर्षकमा मुद्दा दर्ता भई म्याग्दी जिल्ला अदालतबाट पक्राउ अनुमति समेत जारी भएको प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले बताए ।
प्रारम्भिक अनुसन्धानको क्रममा निज अशोक परियारले ११ बर्षीय बालिकालाई बिहे गर्ने प्रलोभन देखाई जबरजस्ती करणी गरेको भन्ने खुल्न आएको उनले बताए ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८, दफा २१९ को उपदफा ३(ख) बमोजिम १० बर्ष वा १० बर्ष भन्दा बढी १४ बर्ष भन्दा कम उमेरकी बालिकालाई करणी गरेमा १८ बर्ष देखि २० बर्ष सम्म कैद सजाय तोकिएको छ । १८ बर्ष भन्दा कम उमेरकी बालिकालाई निजको सहमतीमा करणी गरेको भएमा पनि जबरजस्ती करणी गरेको मानिने कानूनी व्यवस्था रहेको छ ।

Leave a Reply