नेकपा म्याग्दीका सचिब हरिकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण संक्रमण पुष्टि भएको छ। संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेका बेनी नगरपालिका-७ घर भएका श्रेष्ठको मंगलबार साझ कोरोना पुष्टी भएको हो ।

कात्तिक १६ गते स्वाब संकलन गरी क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टी भएको भन्दै श्रेष्ठले आफूलाई कोरोना संक्रमण पुष्टि भएको बारेमा सामाजिक सञ्जालबाट जानकारी सार्वजनिक गरेका छन्।  उनले  आफूसंगै श्रीमती,दुई छोरी र भाइ कमल श्रेष्ठको कोरोना पोजेटिभ आएको आफ्नो सामाजिक संजाल फेसबूकमा जानकारी गराएका छन ।

‘मेरो स्वास्थ्य अवस्था समान्य छ,‘मसँग नजिक बस्नुभएकालाई जनस्वास्थ्यको मापदण्ड अनुसार घरमै सुरक्षित बसिदिनुहोला’ श्रेष्ठले भने ।

कन्ट्रयाक्ट ट्रेसिङमा परेकालाई ४६ जनाको पठाइएकोमा आधिकारिक विवरण प्राप्त भई नसकेको र व्यक्तिको मोवाइलमा रिपोर्ट प्राप्त हुन सक्ने  स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए । यो सँगै कन्ट्रयाक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोनाको पुष्टीले म्याग्दीमा समुदायमै कोरोना फैलिने जोखिम ह्वात्तै बढेको छ ।

 

Leave a Reply