एजेन्सी – भारतका आयुर्वेदिक विज्ञ अबरात मुल्तानीले बान्ता हुने, पेटको समस्या, तनाव, पार्किन्सन, जिउ दुख्नेलगायतका समस्यामा लाभदायक हुने बताएका छन् ।

ल्वाङको पानी कसरी बनाउने ?

यसलाई बनाउन निकै सजिलो छ । पाँचवटा ल्वाङलाई एक गिलास तातो पानीमा राती सुत्नु अघि भिजाउनुहोस्, यसको सेवनपूर्व ल्वाङलाई राम्रोसँग निचोरेर छान्नुहोस् ।

कहिले पिउने ?

बिहान उठेर यो पानीलाई निकै आरामसँग बिस्तारै पिउनुहोस् ।

यसको कुनै साइड इफेक्ट हुँदैन त्यसैले यसको सेवन तपाईंले सधैं गर्न सक्नुहुन्छ ।

ल्वाङको पानी खानुका फाइदा

तनावलाई टाढा राख्छ जसका कारण डिप्रेशन र निन्द्राको समस्यामा लाभदायक हुन्छ ।

यसले नशालाई शान्त बनाउँछ त्यसकारण पार्किन्सन्स वा कम्पनको रोगमा निकै फाइदाजनक हुन्छ ।

पाचन क्रियालाई ठिक गर्छ त्यसकारण बान्ता हुने, मर्निङ सिकनेस र मोशन सिकनेसमा फाइदाजनक छ ।

शिघ्रपतनको समस्यालाई यसले ठिक गर्छ ।

घाँटीको समस्याको यो अचूक औषधी हो ।

दाँतमा हुने सिरिङ्ग र पीडालाई यसले ठिक गर्छ । यसले मुखको दुर्गन्धबाट पनि राहत दिलाउँछ ।

Leave a Reply