म्याग्दीमा संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कात्तिक १६ गते स्वाब संकलन गरी क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा म्याग्दीको सदरमुकाम बेनीका ११ जना र मंगला गाउँपालिका–१ र मालिका गाउँपालिका–६ दरबाङका एक अनुसन्धानका कर्मचारी रहेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।

‘औपचारिक रुपमै जानकारी प्राप्त भएकालाई आइसोलेसनमा पठाउँदै छौ,‘बेनीका संक्रमति अधिकासं होम आइसोलेनमा हुनुहुन्छ’ लम्सालले भने ।कन्ट्रयाक्ट ट्रेसिङमा परेकामा धमाधम कोरोना पुष्टीले समुदायस्तरमा थप सतर्कता आवश्यक रहेको प्रमुख लम्सालको भनाई छ।

संक्रमति मध्ये नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठको परिवार र प्रदेश सांसद विनोद केसी समेत हुन् भने ३१ बर्षिय एक यूवा सडकमा सहयोग जुटाएर जीवन निर्वाह गर्ने भएकाले खुल्लामञ्चमा रहेको संस्थागत आइसोलेसनमा पठाउने तयारी भइरहेको बताए ।

जिल्लामा संस्थागतभन्दा होम आइसोलेसनमा बस्नेको संख्या बढेको छ । म्याग्दीको सदरमुकाम बेनी र पश्चिम म्याग्दीको दरबाङ कोरोना संक्रमणको चपेटामा परेको छ । पछिल्लो समय समुदायस्तरमा संक्रमण देखिन थालेपछि कन्ट्रयाक्ट ट्रेसिङको काममा समस्या देखिन थालेको छ ।

Leave a Reply