म्याग्दीको मालिका गाउँपालिका-७, बिमका बाढीपहिरो विस्थापितको पुर्नवास र जग्गा ब्यवस्थापनका लागि बिम मालिका संघ अन्तराष्ट्रियबाट ७० लाखभन्दा बढी आर्थिक संकलन गरिएको छ। विश्वका विभिन्न देशमा छरिएका बिमबासीको सक्रियतामा स्थापना भएको संस्थाले असार २५ र २६ गतेको भीषण वर्षापछिको पहिरोका कारण विस्थापित भएकालाई सुरु गरेको अभियानमा ७० लाख २० हजार ८६५ रुपैयाँ सङ्कलन भएको हो।

वडाभित्र बाढीपहिरोबाट पूर्णरुपमा विस्थापित, उच्च जोखिममा रहेका घरधुरीका सुरक्षित स्थानमा स्थानान्तर गर्ने गरी आर्थिक संकलन गरिएको बिम मालिका संघ अन्तराष्ट्रियका अध्यक्ष कृष्ण जुग्जालीले बताए। ‘पहिरोले छियाछिया भएको बस्तीबाट सुरक्षित स्थानमा लैजाने गरी आर्थिक जुटाएका छौ,‘विश्वभरका बिमबासीले खुलेर सहयोग गर्नुभएको छ’ जुग्जालीले भने ।

उनका अनुसार आर्थिक संकलन अभियानमा बिम समाज यूकेबाट २२ लाख ६१ हजार ३०४ रुपैयाँ, समाजका सल्लाहकार विजय जुग्जाली, विशेष पाईजा,सदस्य चकबहादुर पाईजामार्फत अमेरिकामा १३ लाख ९ हजार २३० रुपैयाँ, संघका उपाध्यक्ष ललित जुग्जाली, सदस्य तुलसी पुन, भिमबहादुर जुग्जालीबाट बेल्जियममा ११ लाख ६१ जार ६९० रुपैयाँ संकलन भएको थियो ।

त्यस्तै समाजका सदस्य हेमकुमार जुग्जाली, ढकप्रसाद जुग्जालीबाट जापानमा ६ लाख १२ हजार ८०४ रुपैयाँ, समाजका सल्लाहकार दल शेरर्बुजा, सदस्य खिमबहादुर जुग्जालीबाट हकङकमा ४ लाख ४६ हजार ७५० रुपैयाँ, अष्टे«लयामा समाजका सदस्य रघु जुग्जाली, चकमान शेरपुञ्जाबाट ३ लाख ३० हजार, दक्षिण कोरियामा लोकनाथ भट्टराईले २ लाख ४५ हजार, पोर्तुगलबाट खिमबहादुर जुग्जालीमार्फत १ लाख ६४ हजार १२३ रुपैयाँ रहेको अन्तराष्ट्रिय विभागका सचिव मन्दिप जुग्जालीले जानकारी दिन ।

त्यसैगरी यूएईमा भिमबहादुर जुग्जालीबाट १ लाख ५ हजार ४ सय, कतारबाट होमबहादुर पूर्जाले १ लाख २ हजार ६१०, मलेसिया लक्षिणबहादुर जुग्जाली, लालबहादुर जुग्जालीबाट ५९ हजार ४ सय, स्पेन पदम बहादुर पुन २७ हजार ६ सय, स्विजरल्याण्डबाट अरुणकुमार पाईजा १० हजार, ओमन चन्द्रलाल जुग्जाली ५ हजार र बिम मालिका संघ केन्द्रिय कार्यालय काठमाण्डौबाट १ लाख ७९ हजार ८४० आर्थिक संकलन भएको जनाइएको छ।

संस्थाको आयोजनामा पुनर्वास सम्बन्धि जुम मिटिङको प्रमुख अतिथि बिमका वडा अध्यक्ष रेशम जुग्जालीले पुर्नवास अभियानको प्रक्रिया सुरु भएको बताए । ‘अब जग्गा ब्यवस्थापनको अन्तिम चरणमा छौ,‘बिमबासीले खेल्नुभएको भूमिकाले पुर्नवासमा सजिलो हुन्छ’ जुग्जालीले भने ।

विस्थापित ३३ घरधुरीको पुर्नवासमा संकलित रकम खर्च हुने अध्यक्ष जुग्जालीको भनाई छ । बिममा पहिरोमा परेर ८ जना मृत्यु र एक जना अझै बेपत्ता छन् । जुम मिटिङमा संघका केन्द्रिय अध्यक्ष देउप्रसाद जुग्जाली लगायतको उपस्थिति रहेको थियो । यसबाहेक इन्द्रेणी लगायत विभिन्न संघसंस्थामार्फत समेत सहयोग हस्तान्तरण भइसकेको छ ।

Leave a Reply