?????????????????????????????????????????????????????????

दशैंको अघिल्लो दिन ज्वरो आएपछि बेनी अस्पतालमा उपचारका लागि आएका मंगला गाउँपालिका-१ का ४८ बर्षिय पुरुषले इमरजेन्सीबाट औषधी लिएर घर फर्किए ।  दशैैं अवधिभर घरमै बसेका उनले विदेशबाट आएका आफन्तसँग भेटघाट गरेका थिए ।

लगातार ज्वरो आउने क्रम नरोकिएपछि कात्तिक १३ गते अस्पतालमा पुग्दा ज्वरो, श्वासप्रश्वासमा हल्का समस्या एवम् टाउको र शरीर दुख्ने समस्या सुनाएपछि चेकजाँचको क्रममा क्रब टाइफस संक्रमणको पुष्टी भयो ।

भर्ना भएर उपचार गराइरहेको अवस्थामा कोरोना भाइरसका लक्षणसँग मिल्दाजुल्दा देखपछि १६ कात्तिकमा स्बाब पोखरा पिसिआर परीक्षणका लागि पठाइएकोमा कोरोना पुष्टी भएको अस्पतला ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

‘दशैंको अघिल्लो दिनमै देखिएको लक्षण कोरोनाको हुनसक्छ,‘दशैंमा टिका लगाउन घरमा पुगेपछि पुनः निको नभएपछि मात्रै अस्पतालमा आए’ अध्यक्ष कटुवालले भने । उनले कोरोनासँग मिल्ने लक्षण देखिएका बिरामीले हेलचेक्राई गर्न नहुने बताउँदै संक्रमणको जोखिममा सदरमुकाम बेनीसँगै ग्रामिण क्षेत्र समेत रहेको बताए ।

मंगला–१ का संक्रमतिको दशैंमा भेटघाट गरेकालाई होम क्वारेन्टाइनमा बस्न, लक्षण देखिएमा स्बाब दिने गरी स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

‘संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङ गर्न निकै समस्या छ,‘दशैंका कति जनालाई भेटे भन्ने यकिन गर्न मुस्किल छ’ अस्पतालक एक चिकित्सकले भने । रुघा, खोकी लगायत स्वाशप्रस्वाशसम्बन्धी समस्या भएका बिरामीको स्बाब संकलन गरी पिसिआर परीक्षणको क्रममा लक्षण सहितका संक्रमति भेटिन थालेपछि समुदायस्तरमा तीव्र गतिमा सङ्क्रमण फैलिरहेको अनुमान गरिएको छ ।

ट्राभल हिस्ट्री’ समेत नभएका बिरामीमा कोरोना पुष्टीले जोखिम बढेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए । ‘अहिले धमाधम लक्षण सहितका संक्रमति भेटिएका छन्,‘जोखिम धेरै बढेको छ,‘थप जोखिमबाट जोगिन समुदायस्तरमै सतर्कता आवश्यक छ’ लम्सालले भने। संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेकामा कोरोना देखिएपछि चुनौती थपिएको बताए ।

जाडोमा मौसमी रुघाखोकीले मानिसलाई पिरोल्ने भन्दै मौसमी रुघाखोकी र कोरोना छुट्याउनका लागि परीक्षणको आवश्कता रहेको चिकित्सकको भनाई छ । यता बेनीबजारमा सडकमा आर्थिक संकलन गर्ने एक यूवामा कोरोना पुष्टीले थप जटिलता थपिएको छ । संक्रमति यूवाको श्रीमति दिर्घरोगी भएकाले खुल्लामञ्चको संस्थागत आइसोलेसनमा राखिएको छ । उनी संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा नपरेका नयाँ संक्रमति हुन् ।

Leave a Reply