पर्वतको जलजला गाउँपालिकामा बैंकका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणका क्रममा जलजलामा थप १२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । संक्रमित हुनेहरुमा पर्वत बेनीको एनआईसि एशिया वैकमा कार्यरत २ जना, सांग्रीला बैंकका कर्मचारी १ र बनौं स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी १ जना गरी थप १२ जनामा कोरोना पुष्टि भएको हो ।

गाउँपालिका अध्यक्ष रामकृष्ण मल्ललाई कोरोना पुष्टि भएपछि उहाँको सम्पर्कमा रहेकाहरुको कन्ट्रयाक्ट टे«सिङ गर्दा थप १६ जनामा कोरोना पुष्टि भएपछि जलजलाले एक घर एक पिसिआर परिक्षण अभियान सञ्चालन गरेको थियो । अभियान अन्तर्गत कार्तिक १७ गते १०६ जनाको स्वाब संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । कोरोनाको जोखिम बढेपछि गाउँपालिकाले २० गतेबाट एकहप्ता अत्यवाश्यक वाहेकका सवैसेवा र बजार क्षेत्र बन्द गरेको छ ।

Leave a Reply