कालीगण्डकीको खोंचमा बनेको २ सय २८ मिटर अग्लो बन्जीबाट हाम फाल्दा त धेरै पटक सोच्ने गर्दछन । तर साहस आँट भयो भने १३ बर्षिय बालकले पनि बिश्वकै दोस्रो अग्लो बन्जी जम्प खेल्न सक्छन । पर्वतको सदरमुकाम कुश्माका १३ बर्षिय बालक मन्दिप क्षेत्रीले कुस्मा र बाग्लुङको बलेवा जोड्ने बिश्वकै दोस्रो अग्लो बन्जीमा जम्प गरेका हुन । क्षेत्री बिश्वकै दोस्रो बन्जीबाट जम्प गर्ने सबैभन्दा कम उमेरका बालक हुन ।

द क्लिफ प्रालिले निर्माण गरेको बन्जी जम्पले अभिभावकको अनुमति र प्रत्यक्ष उपस्थितिमा बालबालिकाकालाई पनि बन्जी र बिश्वकै अग्लो स्विङ गर्न दिएको कम्पनीका अध्यक्ष राजु कार्कीले बताउनुभयो । ‘सहासिक खेल भएका कारण आँट र दह्रो मुटु बनाउने बालबालिकालाई पनि यो अवसर दिएका छौ’ उहाँले भन्नुभयो ‘त्यसका लागि अभिभावक स्वयम उपस्थित हुनुपर्छ र अनुमति दिनुपर्छ ।’ अहिले दैनिक झण्डै ५० जनाले बन्जी र स्विङ गरिरहेका छन ।

द क्लिफले बिश्वकै अग्लो स्विङ, बिश्वकै दोस्रो अग्लो बन्जी पालकै एक मात्र स्काइ साइक्लीङ तथा गुलेली शैलीको पिङलाई कार्तिक १५ देखि ब्यबसायिक रुपमा सञ्चालन ल्याएको छ । निजी लगानीमा ५ सय २५ मिटर लामो एसियाकै नमुना पुल तथा बन्जी, स्विङ, गुलेली पिङ, स्काई साइक्लिङ, रिर्सोट निर्माणका लागि झण्डै २८ करोड रुपैया खर्च भएको छ । source-newsdabali.com

Leave a Reply