दैनिकजसो अपरिचित मान्छेहरु गाउँ हुदै आवतजावत गर्न थालेपछि बेनी नगरपालिका-२, ठूलो खवराका स्थानीयले गाउँ प्रवेश गर्ने नाका बन्द गरिदिएका छन् ।

बेनी-बागलुङ सडकखण्ड अन्तरगत ठूलो गैरा हुदै अर्जम, भकुण्डे लगायतका क्षेत्रबाट नयाँ मान्छेको ओहोरदोहोर बढेपछि नयाँ मान्छे र जथाभावी सवारीसाधनको आवतजावत रोक्नतगारो राखेर सूचना टाँस गरिएको जनजागृति यूवा क्लवका सदस्य हिरा कुँवरले बताए ।

‘मध्यरातमा समेत मोटरसाईकलमा नयाँ मान्छेको आवतजावत बढेपछि स्थानीयको भेलाले यस्तो निर्णय गरेको हो,‘दुख दिने नियत होईन्, आवश्यक परेको बेलामा खोल्ने गरी स्वयंमसेवक नै परिचालन गरेका छौ’ उनले भने ।

कोरोना संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेकाहरु समेत हिड्ने गरेको गुनासो बढेपछि स्थानीय अगुवाको सहमतिमा उक्त कार्य गरिएको यूवाहरुले बताएका छन् । कोरोना सङ्क्रमणको जोखिम पनि बढेपछि स्थानीयको भेलाले दुध, तरकारी लगायत कृषि उपजका साम्रागी ढुवानी, एम्बुलेन्स, अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधनमा अपरिचित ब्यक्ति देखिएमा तत्कालै जानकारी गराउने गरी स्वयंसेवक परिचालन गरेको कोभिड न्यूनिकरण यूवा परिचालन समितिले जनाएको छ ।म्याग्दीको सदरमुकाम बेनी कोरोना संक्रमणको चपेटामा परेपछि आसपासका क्षेत्रमा उच्च निगरानी सहित कडाई गर्न थालिएको छ ।

Leave a Reply