एक्सन फर सोसल चेन्जले एक्सन फर सोसल चेन्ज (बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र)ले म्याग्दी जिल्लामा शाखा विस्तार गरीविभिन्न रचनात्मक कार्य गर्ने भएको छ ।

काठमाण्डौका पशुपती आर्यघाटमा वेबारिसे शबलाई आफन्त बनेर दागबत्ती रसडकमा भेटिने भोकालाई भोजन लगायत दजनौ सामाजिक अभियानको नेतृत्व गदैं आएको संस्थाका अध्यक्ष विनयजंग बस्नेत, संयोजक सपना रोका मगरले म्याग्दीमा शाखा विस्तार गरी सामाजिक कार्यलाई तिब्रता दिने जनाएको छ ।

७७ वटै जिल्लामा शाखा खोल्ने अभियानअन्तर्गत सामाजिक अभियान्ता हेमराज थापा सहित आएको टोलीले क्रियटिभ मञ्च म्याग्दीमा आवद्ध किशोर किशोरीसँग अन्तरक्रिया समेत गरेको थियो ।

कोरोना भाइरस रोकथाम अभियान अन्तरगत मञ्चबाट खटिएको टोलीको कामबाट उत्साहित भएको बताए । बेनीमा शाखा स्थापना गरी संरचना समेत बनाएर विभिन्न कार्यक्रम गर्ने संस्थाका अध्यक्ष बस्नेतले बताए । ‘म्याग्दी सहयोगी मनका धनी भएको जिल्ला हो,‘हाम्रो धेरै अभियानमा म्याग्देलीले साथ दिनुभएको छ’ बस्तनेले भने ।

उनले बेवारिसे शब ब्यवस्थापन, लागुपदार्थ दुर्यव्यसनी बिरुद्ध बिद्यालयमा कार्यक्रम, प्रहरी प्रशानन, नागरिक समाज, सामाजिक अभियन्ता, स्थानिय निकाय, प्रशासन,बुद्दिजिबी विद्यार्थी, युवा महिला लगायतलाई सहयोग पुग्ने विभिन्न कार्यहरु संस्थामार्फत गरिने बताए ।

सोही अवसरमा मञ्चमा आवद्ध भएकालाई आफ्नो अभियान र कामका बारेमा अभियान्ता बस्नेत, रोका मगर र थापाले जानकारी गराएका थिए ।

मञ्चका अध्यक्ष विवेक चन्दले कोरोना रोकथाममा प्रशासनलाई सघाउनुका साथै बाल विवाह रोक्ने, क्षमता विकास, शिक्षा स्वास्थ्यका साथै छुवाछुतका विषयमा समेत विद्यालयस्तरबाटै अभियान सुरु गर्ने उदेश्यले स्थापना भएको संस्थालाई निरन्तर साथ र सहयोग आवश्यक रहेको बताए ।

सोही अवसरमा मञ्चको संस्थागत गतिविधिलाई सघाउन ५ हजार नगद समेत सहयोग गरिएको थियो । बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रकी संयोज रोका मगर म्याग्दी मंगला गाउँपालिका–४, बंरजाकी हुन् । केन्द्रले म्याग्दीमा शाखा स्थापना गरी जिल्लाभर गतिविधि गर्ने गरी तयारी समेत सुरु गरेको छ ।

Leave a Reply