बेनी नगरपालिकाले अत्यावश्यक बाहेकका अन्य सबैखाले सेवाहरु आगामी एक हप्ताका लागि बन्द गर्न जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)लाई सिफारिस गरेको छ।

बिहिबार नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले नगरपालिका भित्र समुदायस्तरमा देखिएको कोरोनाको जोखिमलाई मध्यनजर स्वास्थ्य क्षेत्रका जानकारहरुको रायसुझाव अनुसार थप एक हप्ता अत्यावश्यक बाहेकका अन्य सबैखाले सेवा बन्दलाई निरन्तरता दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीले बताउनुभयो ।

‘संक्रमतिको सम्पर्कमा रहेकाहरुमध्ये समुदायस्तरमा भए पहिचान गर्न सजिलो हुने भएकाले थप गर्न सिफारिस गरिएको छ,‘अब तिहार लगत्तै सेवाहरुले नियमितता पाउँछन्’ सुबेदीले भन्नुभयो ।

चाडपर्वमा बेनीबजारमा थप भिडभाड हुने जोखिमलाई मध्यनजर गरी गरिएको सिफारिस सम्भवत शुक्रबार दिउँसो बस्ने डिसिसिएमसीको बैठकले अनुमोदन गर्ने जनाइएको छ । बेनीबजारमा संक्रमतिको सम्पर्कमा रहेका ११ जनामा कोरोना देखिएकाले थप स्बाब संकलन गर्ने कार्य समेत भइरहेको छ ।

गतसाता गरिएको बन्द आज शुक्रबार राती १२ बजेबाट सकिदैछ। यसअगाडी समेत बेनी नगरपालिकाको अनुरोध, म्याग्दी उद्योग वाणिज्य संघको आग्रह र जिल्ला सुरक्षा समितिको निर्णय गरी नगरपालिका र वडा कार्यालयहरु, सदरमुकामस्थित बैंक तथा वित्तीय संघसंस्था र सहकारीबाट प्रदान गरिने सेवा बन्द भएपनि सार्वजनिक सवारीसाधन आवतजावतले बजार क्षेत्रमा चहलपहल देखिएको थियो ।

Leave a Reply