बागलुङमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालमा कार्यरत एक जना स्टाफ नर्ससहित एक मृतक पुरुष र २ बालकमा संक्रमण पुष्टि भएको हो ।

बागलुङ नगरपालिका वडा नं. ३ का २० बर्षिय पुरुष, ८१ बर्षिया पुरुष –कात्तिक १९ मा मृत्यु) र ५० बर्षिया महिला, वडा नं. १ का ६० बर्षिय र ६३ बर्षिय पुरुष तथा ५६ बर्षिय महिला, वडा नं. ३ का १२ बर्षिय बालक, ताराखोला गाउँपालिकाका वडा नखुलेका ३४ बर्षिय पुरुष, काठेखोला गाउँपालिका वडा नं. ४ का २३ बर्षिय पुरुष र धौलागिरी अस्पतालमा कार्यरत ३३ बर्षिया स्टाफ नर्स तथा उनका ५ बर्षिय छोरामा संक्रमण पुष्टि भएको हो ।

उनिहरुलाई आईलेसन लैजाने तयारी भैरहेको स्वास्थ्य कार्यालय बागलुङका महामारी रोग स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिए । उनका अनुसार लक्षण देखिएका बागलुङ नगरपालिका–२ का ८१ बर्षिय पुरुषको धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि थ्रोट स्वाव परीक्षणका लागि पठाउँदा नतिजा पोजेटिभ आएको हो ।

Leave a Reply