मोना भलिबल टिम यूकेले म्याग्दीको मंगला गाउँपालिका-५, किमचौरकी ९ बर्षिया ब्लड क्यान्सर पिडित बालिकाको उपचारमा १ लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ ।  काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचारर्थ सरु विकलाई म्याग्दीका भलिबल खेलाडी एवम् प्रशिक्षक तेजेन्द्र बानियाँमार्फत १ लाख २१ हजार ६ सय सहयोग हस्तान्तरण गरिएको छ ।

मोना भलिबल टिमका कोच एवम् आर्थिक संयोजक आर्थिक संयोजक टेक बुढाथोकीमोना युथका अध्यक्ष एवम् टिम म्यानेजर अनिल मल्ल, सचिव तारा गर्बुजा, सहसचिव रबिन पुन लगायतको पहलमा संकलन भएको थियो ।

नियमित उपचारसँगै अन्य आवश्यक आर्थिक अभाव परिवारले सहयोगको याचना गरेपछि आर्थिक जुटाएको रबिन पुनले बताए । ‘सानो रकमले पनि उपचारमा धेरै सहज हुने अपेक्षा गरेका छौ,‘नानु निको भएर घर फर्किएको हेर्न चाहन्छौ’ भलिबल टोलीका टिम कोच बुढाथोकीले भने ।

पीडित सरुको परिवारलाई अस्पतालमै एक कार्यक्रम गरी रकम हस्तान्तरण गरिएको थियो । गाउँकै विपन्न मनबहादुर र रन्जु विकले छोरीको उपचारमा थप उपचारमा रकम अभाव भएपछि स्थानीय यूवाको सक्रियतामा समेत आर्थिक संकलन भइरहेको छ ।

‘ब्लड क्यान्सर रोगको कारण मृत्युसँग लडिरहेकी छोरीको उपचारमा प्राप्त सहयोगले धेरै सहज भएको छ,‘अझै सहयोगको आवश्यकता छ’ आमा रञ्जुले भनिन् । घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएपछि बाध्य भएर सहयोगको याचना गरेको बताइन् ।

कक्षा ३ मा अध्ययरत बालिका बेलाबेलामा विरामी हुने गरेपनि कान्ति बाल अस्पतालमा पुगेपछि मात्रै ब्लड क्यान्सरको समस्या देखाइएको थियो ।बालिकाको उपचारमा नियमित औषधी, सेतो रगत लगायत आवश्यक खर्च करिब २० लाखभन्दा बढी आवश्यक रहेको बताइएको छ ।

Leave a Reply