????????????????????????????????????

म्याग्दीको रघुगंगा गाउँपालिका–३,मौवाफाँटमा सुविधासम्पन्न १० बेडको अस्पताल बन्ने भएको छ । निशुल्क आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमै निःशुल्क प्रदान गर्ने उद्देश्यले नेपाल सरकारले एक स्थानीय तहमा एक अस्पताल बनाउने अवधारणा अनुसार कार्यपालिकाको बैठकले मन्त्रालयको परिपत्र अनुसार निर्णय गरेर पठाएकाले अन्तिम स्वीकृति आएपछि मात्रै कहाँ बन्ने भन्ने निश्चित हुने  प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए ।

‘यसैबर्षदेखि भवन निर्माणको काम सुरु हुन्छ,‘सबैलाई पहुँच हुने गरी बनाउन माथिबाटै परिपत्र आएको छ’ प्रमुख प्रशासकीय अधिकृत सुबेदीले भने । मौवाफाँटमा बन्ने अस्पतालको कुल लागत १० करोड ८५ लाख रहेको छ । अस्पतालमा भेन्टिलेटर सहितको सुविधा समेत हुने बताइएको छ ।

यसअगाडी गाउँपालिकाको वडा नं १ बेगखोलामा स्थान तोकिएपनि गाउँपालिका भित्र संघीय सरकारले एउटा मात्रै अस्पताल बनाउन बजेट विनियोजन गरिने भएकाले सेवा प्रवाहका लागि मापदण्ड अनुसारको जग्गा ब्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै बेगखोलामा स्वास्थ्य चौकी स्तरउन्नतीका लागि १ करोड ३५ लाख विनियोजन भएको थियो । नेपाल सरकारले देशभरका स्थानीय तहमा आगामी मंसिर महिनामा अस्पतालको शिलन्यास गर्ने यसअगाडी नै घोषणा गरेको छ । यसैबीच बेगखोलाबासीले आफ्नो क्षेत्रमा बन्ने अस्पालत सारिएको भन्दै आपत्ती जनाएका छन् ।

Leave a Reply