म्याग्दीमा संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेकालाई एकसाताको अवधिमा गरिएको नमुना परीक्षणमा २३ प्रतिशतमा कोरोना पुष्टी भएको छ । समुदायस्तरमै कोरोना फैलिएको आशंकामा गत कात्तिक १४ गते बेनी नगरपालिकामा अत्यावश्यक बाहेकका अन्य सबैखाले सेवाहरु बन्द गरी संक्रमतिको सम्पर्कमा रहेकामा रहेका १ सय ८ जनाको स्बाब संकलन गरिएको थियो ।

उक्त अवधिमा लिइएको स्बाबको पिसिआर परीक्षणमा १९ जनाका कोरोना पुष्टी भएको र २६ जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए।

‘यो निकै जोखिम अवस्था मान्न सकिन्छ,‘कन्ट्रयाक्ट ट्रेसिङमा परेकामा लक्षण समेत देखिएकाले संक्रमतिको संख्या बढ्न सक्छ’ लम्सालले भने । उनका अनुसार नतिजा आउन बाँकी रहेका सबै संक्रमतिको प्रत्यक्ष सम्पर्कमा रहेका स्बाब भएकाले थप सर्तकता आवश्यक रहेको बताए ।

‘म्याग्दीमा अझै जोखिम टरेको छैन्,‘चाडपर्वको अवधिमै धेरै संक्रमति भेटिए’ लम्सालले बेनीअनलाइनलाई भने । उनले संक्रमति थपिएसँगै परीक्षणको दायरा समेत बढाउनुपर्ने बताए । एक साताभित्र थपिएका संक्रमतिमा अधिकांस बेनीबजार भित्रका छन् भने मंगला, मालिका र रघुगंगा गाउँपालिकामा समते भेटिएको छ ।

ट्राभल हिस्ट्री समेत नभएकाका कोरोना देखिएको भन्दै ग्रामिण क्षेत्रमा कोरोनाको जोखिममा रहेको बेनी अस्पतालका चिकित्सकको भनाई छ । यता बेनी नगरपालिकामा दोस्रोपटक कात्तिक २८ गतेसम्म अत्यावश्यक बाहेकका अन्य सबैखाले सेवाहरु बन्द गरिएपनि प्रयाप्त पिसिआर परीक्षण गरिएको छैन् ।

लकडाउनकै मोडेलमा बन्द गरिएपनि संक्रमतिको सम्पर्कमा रहेकालाई लक्षण देखिए मात्रै स्बाब लिने गरिएकाले बन्द मात्रै समस्याको समाधान नभएको जानकारहरु बताउँछन् ।

गएको कात्तिक १४ गते १६ जना, १६ गते ६७ जना, १८ गते ६ जना र २० गते २० जनाको मात्रै स्बाब संकलन गरिएको छ । बेनी नगरपालिका, मंगला र मालिका गाउँपालिमा सार्वजनिक यातायातका साधन बाहेक अति आवश्यक सेवा बाहेक बन्द गरिएपनि पालिकास्तरबाट पिसिआर परीक्षणमा चासो देखाइएको छैन् । बेनी नगर बाहेक ५ वटै गाउँपालिकामा अस्थायी आइसोलेसन अस्पताल बनाउन बजेट प्राप्त भई अस्पताल समेत बनाउन थालिएको छ ।

Leave a Reply