म्याग्दीको तीन स्थानीय तहमा कोरोना संक्रमण समुदायस्तरमै पुगेको आशंका गरिएपछि अत्यावश्यक बाहेकका अन्य सबैखाले सेवाहरु बन्द गरिएको छ । संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेका बाहेक ट्राभल हिष्ट्री समेत नभएकामा धमाधम कोरोनाको पुष्टीले समुदायस्तरमै जोखिम ह्वात्तै बढेपनि पिसिआर परीक्षणको दायरा भने बढ्न सकेको छैन् ।

समुदायस्तरमै कोरोना फैलिएको आशंकामा गत कात्तिक १४ गते बजार बन्द सहित नियमित सेवाहरु रोकेपछिको एकसाताको अवधिमा जम्मा १ सय ८ जनाको स्बाबको पिसिआर परीक्षणमा १९ जनाका कोरोना पुष्टी भएको र २६ जनाको रिर्पोट आउन बाँकी छ ।

बेनी नगर बाहेक जिल्लाका पाँचवटै गाउँपालिकामा स्बाब संकलन हुन सकेको छैन् । दशैंको एकदिन अगाडी उपचारका लागि बेनी अस्पतालमा आएर फर्किएका मंगला गाउँपालिका-१ का ४८ बर्षिय पुरुषमा कोरोना पुष्टी भएपनि उनको सम्पकर्मा रहेकाहरूको अझै पहिचान हुन सकेको छैन् ।

संक्रमति पुरुष दोस्रोपटक बेनी अस्पतालमा आउँदा कोरोना पोजेटिभ देखिएपनि उनलाई दशैंको अघिल्लो दिनमै लक्षण देखिएको थियो । लक्षण सहितका संक्रमतिबाट सम्पर्कमा रहेका धेरैमा कोरोना पुष्टी भएकाले थप सर्तकता सहित संक्रमतिको सम्पर्कमा रहेकाको तत्काल पहिचान गर्नुपर्ने स्वास्थ्यका जानकारहरु बताउँछन् ।

लकडाउनको मोडेलमा यातायाताका साधनहरू सञ्चालन हुने गरी बेनी नगरले दोस्रोपटक थप गरेपनि पिसिआरको दाउरा बढाउन सकेको छैन भने मंगला र मालिका गाउँपालिकाले समेत पालिकाभित्र बन्दका कार्यक्रम बाहेक समुदायमा संक्रमणको अबस्था बुझ्न ‘कम्युनिटी टेष्ट स्किृनिङ’को आवश्यकता भएपनि योजना बन्न सकेको छैन् ।

चाडपर्वको बेलामा कोरोनाको जोखिम उच्च हुने भएपनि सरकारले लक्षण सहितका बिरामीको मात्रै पिसिआर गर्न निर्देशन दिएकाले सोही अनुसार स्बाब संकलनको काम भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए । ‘बजार क्षेत्रमा जोखिम धेरै भएकाले धमाधम स्बाब संकलन गरिएको छ,‘पछिल्लो एकहप्तामा देखिएको संक्रमतिको दरले थप सर्तकता आवश्यक छ’ लम्सालले भने ।

उनले कोरोनासँग लक्षण मिल्ने बिरामीको तत्कालै स्बाब संकलन गरिने बताए । उनले ब्यक्तिगत सतर्कता नै कोरोना संक्रमणबाट जोगिने आधार भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने बताए। बजार बन्द गर्ने तर परीक्षणको दायरा बढाउने तर्फ चासो नदिएको भन्दै निजी क्षेत्रबाट बन्दको ब्यापक विरोध समेत भएको छ ।

‘बन्द मात्रै गरेर कोरोनाबाट जोगिने होइन्,‘परीक्षणको दायरा समेत बढाउनुपर्छ’ म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतमले भने । उनले लकडाउनको अवधिमा गरिएको अभ्यासले नै बजार बन्द मात्रै कोरोनाबाट जोगिने आधार नभएको प्रष्ट भएकाले आर्थिक गतिविधिसँगै परीक्षण बढाउनुपर्ने बताए ।

बेनी नगरपालिका बाहेक पाँचवटै गाउँपालिकामा कोरोना संक्रमितको उपचारका लागि ५ बेडको कोरोना अस्थायी अस्पताल बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी अस्पताल निर्माण गर्न १० लाख रुपैंया निकासा समेत गरेको छ ।

मेडिकल अधिकृत, स्टाप नर्स, कोरोना रोकथामका लागि चाहिने औषधि र बेड खरिद गर्न पालिकामा बजेट समेत पठाएपछि मंगला, मालिका र रघुगंगा गाउँपालिकाले पूर्वाधार तयार गरेपनि जनशक्ती स्थानीय स्वास्थ्यकर्मीलाई नै प्रयोग गरेका छन् ।

१० लाख रुपैंया बजेट मध्ये ४ लाख ५० हजार रुपैंया एक मेडिकल अफिसरसहित २ स्टाफ नर्स र एक कार्यालय सहयोगी गरेर ४ जना जनशक्ती, ५० हजार रुपैंयाँ औषधि र ५ लाख रुपैंयाँको बेडसहितका समाग्री खरिद गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

म्याग्दीमा सांसद, राजनीतिक दलका नेता, ब्यापारीमा कोरोना पुष्टीसँगै समुदायस्तरमा फैलिएको निष्कर्ष निकालेको अवस्थामा परीक्षणको दायरा बढाउन नसके छोटो अवधीका लागि तयार गरिएका संरचनामा थप बजेट विनियोजन गर्नुपर्ने अवस्था आउन सक्ने जानकारहरु बताउँछन् ।

Leave a Reply