म्याग्दीको मालिका गाउँपालिकाले कोरोना सङ्क्रमितको शव व्यवस्थापन स्थल छुट्ट्याइएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी संक्रमतिको मृत्यु भएमा वडा नं ६ दरबाङको छारछेरेको खेलमैदानको पछाडी म्याग्दी खोलामा शब ब्यवस्थापन स्थल बनाइने भएको हो ।

शनिबार वडा अध्यक्ष सन्तनाथ सुबेदीको अध्यक्षतामा बसेको बैठकले सुबेदीकै अध्यक्षतामा ११ सदस्यीय शब ब्यवस्थापन समिति गठन गरेको गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले बताईन् ।

उनका अनुसार समिति गठनसँगै आवश्यक साम्रागी खरिद समेत गरिने छ । मानव बस्तीभन्दा टाढा रहेकाले उक्त स्थान उपयुक्त हुने स्थानीय जनप्रतिनिधिको भनाई छ । शव व्यवस्थापनमा समस्या नहोस् भन्नका लागि समितिले आवश्यक सहजीकरणका साथै पूर्व तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत सुर्य विश्वकर्माले बताए ।

पूर्वतयारी विना शब ब्यवस्थापन गर्न खोज्दा देशभर समस्या देखिएको अवस्थामा पालिकाले संक्रमतिलाई राख्ने ५ बेडको अस्पताल तयार गरेपछि थप अन्य आवश्यक तयारीमा जुटेको छ । पालिकाले आगामी मंसिर १ गतेसम्म अति आवश्यक बाहेका सेवाहरु बन्द गरेको छ । यसैबीच गाउँपालिकाले कोरोनाको लक्षण देखिएमा तत्काल सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

Leave a Reply