बेनी नगरपालिकाले कोरोनाको जोखिम अझै नटरेको भन्दै दोस्रोपटक थप गदै आगामी कात्तिक २८ गतेसम्म अत्यावश्यक बाहेकका अन्य सबैखाले सेवाहरु बन्द गरेको छ ।

मंगला गाउँपालिकाले कर्मचारी बाहेक समुदायस्तरमै ट्राभल हिष्ट्री समेत नभएकका एक पुरुष र मालिका गाउँपालिकाले अनुसन्धानका एक कर्मचारीमा कोरोनाको पुष्टीले खतराको घन्टी बजेको भन्दै मंसिर १ गतेसम्म बेनी नगरकै मोडेलमा बन्द गरेको छ ।

कोरोनाबाट जोगिन पालिकाले धमाधम लकडानकै मोडेलमा नियमित सेवाहरु बन्द गरेपनि कोरोनाको अवस्था बुझन् ‘कम्युनिटी टेष्ट स्किृनिङ’ को काम समेत अगाडी बढ्न सकेको छैन् ।

समुदायस्तरमा कोरोनाको जोखिम नहुदाँ जिल्ला संकट ब्यबस्थापन केन्द्र (सिसिएमसी) ले जिल्लाका सबै स्थानीय तहमा फ्रन्टलाइनमा कार्यरत विभिन्न क्षेत्रमा पेशा, ब्यबसायमा संलग्न भएको श्वाब संकलन गरेपनि यसपटक समुदायस्तरमै कोराना देखिदाँ समेत बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहले संक्रमित भेटिएका आसपासका क्षेत्रका साथै कोरोनाको लक्षण भएकाको खोजी गर्ने गरी ‘कम्युनिटी टेष्ट स्किृनिङ’ को योजना बनाउन नसक्दा थप जोखिम बढेको छ।

बजार बन्द गरिएपनि जिल्ला बाहिरबाट चाडपर्व मनाउन धमाधम प्रवेश गरेको अवस्थामा कोरोना सिधै गाउँसम्म पुग्ने अवस्थामा ‘कम्युनिटी टेष्ट स्किृनिङ’ को आवश्यकता पर्छ ।

जिल्ला सदरमुकाम बेनी कोरोना संक्रमणको उच्च जोखिममा परेको अवस्थामा यहाँबाट आवतजावत गर्ने सबै स्थानीय तहमा समुदायस्तरको अवस्था बुझ्ने गरी स्थानीय तहले नै योजना बनाउनुपर्नेमा भौतिक पूर्वाधार, जनशक्ती ब्यवस्थापन जस्ता कार्यमा मात्रै जनप्रतिनिधि अल्झिएको देखिन्छ ।

म्याग्दीमा कोरोना संक्रमणको अवस्था बुझन्का लागि पनि ‘कम्युनिटी टेष्ट स्किृनिङ’ गर्न आबश्यकता महसुस गरिएको बेनी अस्पतालका चिकित्सकको भनाई छ।

हालसम्म म्याग्दीमा भारत सहित तेस्रो मुलुकबाट आउने बाहके सबै संक्रमति कन्ट्रयाक्ट टेसिङ्गमा परेकाहरु नै भएको बताएपनि संक्रमतिसँग सम्र्पकमै नभएकाहरुमा समेत कोरोना पुष्टीले परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने चिकित्सकको भनाई छ ।

संक्रमित र उनीहरुको सम्पर्कमा आएका ब्यक्ति बाहेक समुदायमा कोरोना छ कि छैन भनेर जानकारी लिनका लागि सजिलो होस भनेर समुदायस्तरमा टेष्ट गरिन्छ । यो कोराना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनले नै तयार गरेको महत्वपूर्ण मापदण्ड भित्र पर्छ ।

यता स्थानीय तहको स्वास्थ्य शाखामा समेत कोरोना रोकथामका लाागि प्रभावकारी योजना बनाउने जनशक्तीको अभावले समेत जनप्रतिनिधिहरु अलमलमा परेका छन् ।

‘स्वास्थ्य शाखाबाट योजना नै बनाउँन सक्दैनन्, सबै बेनीमै सोध्नुपर्छ’ जनप्रतिनिधिले भने । कोरोनाबाट जोगिन आवश्यक तयारीका खर्च गर्ने बजेट प्रयाप्त भएपनि योजना तथा कार्यान्वयन गर्ने जनशक्तीकै कमजोरीले समस्या भएको जनप्रतिनिधिको गुनासो छ भने स्वास्थ्यका जनशक्तीले सुझावलाई कार्यान्वयन गर्न जनप्रतिनिधिले नै बेवास्ता गरेकाले काम गर्न नसकेको बताउने गरेका छन् ।

गएको एक साताको अवधिमा म्याग्दीमा संकलन गरिएको १ सय ८ जनाको स्बाब पोखरामा पिसिआर परीक्षणमा १९ जनाका कोरोना पुष्टी भएको र २६ जनाको रिर्पोट आउन बाँकी रहेको अवस्थामा समुदायमा स्किृनिङ गरी स्बाब संकलन गरेमा म्याग्दीमा संक्रमतिको बास्तविकता पहिचान गर्न सजिलो हुने स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।

‘अब कम्युनिटी स्किृनिङको योजना बनाउनुपर्छ,‘प्रभावकारी रुपमै कार्यान्वयनमा लैजानुपर्छ’ लम्सालले भने । उनले विगतमा समुदायमा नदेखिएको अवस्थामा सोही मोडेलमा स्बाब संकलन गरिएकाले आगमी दिनमा समेत समुदायस्तरमै पुग्नुपर्ने अवस्था आएको बताए । म्याग्दीमा संस्थागतभन्दा होम आइसोलेसनमा बस्ने संक्रमतिको संख्या धेरै भएकाले समुदायलाई सुरक्षित राख्न थप सक्रियता आवश्यकता रहेको स्वास्थ्यका जानकारहरुको भनाई छ ।

Leave a Reply