म्याग्दीको सदरमुकाम बेनीमा समुदायस्तरमै कोराना संक्रमण फैलिएपछि बेनी नगरपालिकाले कोरोनाको अवस्था बुझन् ‘कम्युनिटी टेष्ट स्किृनिङ’ सहित आइतबारदेखि घरदैलो सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै आगामी कात्तिक २८ गतेसम्म अत्यावश्यक बाहेकका अन्य सबैखाले सेवाहरु बन्द गरेको नगरपालिकाले संक्रमणको उच्च जोखिममा रहेको वडा नं ७ र ८ का प्रत्येक घरघरमा स्वास्थ्यकर्मी सहित जनप्रतिनिधिको टोलीले पुग्ने नगरपालिकाका प्रबक्ता रामकृष्ण बराईलीले बताए।

‘समुदायमा जोखिम कायमै छ,‘संक्रमणको लक्षण भएकाको स्बाब समेत संकलन गरिने छ’ बराईलीले भने। उनका अनुसार सबैभन्दा जोखिम बजार क्षेत्रमै भएकाले बजारको अवस्था हेरेर थप योजना सहित ग्रामिण क्षेत्रमा समेत प्रवेश गर्ने बताए। हालसम्म बेनी नगरपालिका जिल्लामा सबैभन्दा जोखिममा रहेको छ ।

जिल्ला बाहिर गएको ट्राभल हिष्ट्री समेत नभएकामा धमाधम कोरोना पुष्टी हुन थालेपछि संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङका बाहेकको पहुँचमा समेत स्वास्थ्यकर्मीको टोली पुग्ने नगरपालिकाले जनाएको छ।

गत कात्तिक १४ गते यता एकसाताको अवधिमा जम्मा १ सय ८ जनाको स्बाबको पिसिआर परीक्षणमा १९ जनाका कोरोना पुष्टी भएको र २६ जनाको रिर्पोट आउन बाँकी रहेको अवस्थामापिसिआर परीक्षणको दायरा बढाउन समेत नगरपालिकाले आवश्यक तयारी गरेको मेयर हरिकुमार श्रेष्ठले बताए ।

‘समुदायलाई कोरोनाको जोखिमबाट जोगाउन आवश्यक सबै तयारी गछौं’ श्रेष्ठले भने । उनले कोरोनाको लक्षणसँग मिल्ने समस्या भएमा टोलीसँग सम्पर्क गर्न समेत अनुरोध गरे ।

संक्रमित भेटिएका आसपासका क्षेत्रका साथै कोरोनाको लक्षण भएकाको खोजी गर्ने गरी ‘कम्युनिटी टेष्ट स्किृनिङ’ को योजना बनाउन नसक्दा थप जोखिम बढेको थियो । संक्रमित र उनीहरुको सम्पर्कमा आएका ब्यक्ति बाहेक समुदायमा कोरोना छ कि छैन भनेर जानकारी लिनका लागि सजिलो होस भनेर समुदायस्तरमा टेष्ट गरिन्छ ।

Leave a Reply