म्याग्दीको सदरमुकाम बेनीमा समुदायस्तरमै कोराना संक्रमण फैलिएपछि बेनी नगरपालिकाले कोरोनाको अवस्था बुझन् ‘कम्युनिटी टेष्ट स्किृनिङ’ सहित आइतबारदेखि घरदैलोमै पुगेर जनस्वास्थ्यका सूचकमा सपथ खुवाउने अयिभान सुरु गरेको छ।

जिल्ला संकट ब्यबस्थापन केन्द्र (सिसिएमसी) र स्वास्थ्य कार्यालयसँगको समन्वयमा वडा नं ७ र ८ को घर–घरमा पुगेर ‘कोरोनासँग मिल्दोजुल्दो लक्षण भए नभएको चेकजाँच, मास्क र सेनिटाइजरको प्रयोग, भौतिक दुरी कायम लगायत स्थानीयलाई कोरोना बिरुद्धको अभियानमा निरन्तर सक्रिय रहने भन्दै एकल तथा सामुहिक सपथग्रहण समेत गराइएको थियो।

पछिल्लो समय संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेकामा धमाधम कोरोना देखिएपछि आगामी कात्तिक २८ गतेसम्म अत्यावश्यक बाहेकका अन्य सबैखाले सेवाहरु बन्द गरेको नगरपालिकाले संक्रमणको उच्च जोखिममा रहेको बेनीबजारबाटै अभियानको सुरुवात गरेको हो।

अभियान अन्तरगत जिल्ला संकट ब्यबस्थापन केन्द्र (सिसिएमसी) का संयोजक एवम् प्रजिअ उमाकान्त अधिकारीले शंकास्पद बिरामीलाई तत्काल स्बाब संकलन गर्ने गरी तयारी गरिएको बताउनुभयो। ‘यो सबै पालिकाभित्रको जोखिम क्षेत्रमा हुन्छ,‘अब ब्यक्तिगत सर्तकता नै सबैभन्दा ठूलो सर्तकता हो’ प्रजिअ अधिकारीले भन्नुभयो ।

अभियानको क्रममा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकालाई घरमा अलग्गै बस्न, स्बाब संकलन गरेपछि रिर्पोट नआउँदासम्म घरबाट बाहिर ननिस्कन, स्वास्थ्यमा समस्या देखिएमा तत्काल जानकारी गराउन समेत अनुरोध गरिएको छ । सबैभन्दा जोखिम बजार क्षेत्र बेनीबजार नै भएकाले अवस्था हेरेर थप योजना सहित ग्रामिण क्षेत्रमा समेत प्रवेश गर्ने योजना रहेको मेयर हरिकुमार श्रेष्ठ बताउनुभयो ।

‘विस्तारै सबै वडामा यो अभियान सुरु हुन्छ,‘बजार जोगिए संक्रमण गाउँसम्म फैलिन पाउँदैन’ मेयर श्रेष्ठले भन्नुभयो ।  जिल्ला बाहिर गएको ट्राभल हिष्ट्री समेत नभएकामा धमाधम कोरोना पुष्टी हुन थालेपछि संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङका बाहेकको पहुँचमा समेत स्वास्थ्यकर्मीको टोली पुग्ने नगरपालिका स्वास्थ्य संयोजक लिला गौतमको भनाई छ ।

गत कात्तिक १४ गते यता एकसाताको अवधिमा जम्मा १ सय ८ जनाको स्बाबको पिसिआर परीक्षणमा १९ जनाका कोरोना पुष्टी भएको र २६ जनाको रिर्पोट आउन बाँकी रहेको अवस्थामापिसिआर परीक्षणको दायरा बढाउने तयारीमा समेत नगरपालिका रहेको छ। अभियानमा उपमेयर सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदी, वडा नं ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, वडा नं ८ का अध्यक्ष रामकृष्ण बराईली लगायतको उपस्थिती रहेको थियो ।

संक्रमित भेटिएका आसपासका क्षेत्रका साथै कोरोनाको लक्षण भएकाको खोजी गर्ने गरी ‘कम्युनिटी टेष्ट स्किृनिङ’ को योजना बनाउन नसक्दा थप जोखिम बढेको थियो । संक्रमित र उनीहरुको सम्पर्कमा आएका ब्यक्ति बाहेक समुदायमा कोरोना छ कि छैन भनेर जानकारी लिनका लागि सजिलो होस भनेर समुदायस्तरमा टेष्ट गरिन्छ ।

Leave a Reply