म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कात्तिक २० गते स्वाब संकलन गरी क्षयरोग उपचार केन्द््र पोखरामा गरिएको पिसिआर परीक्षणमा म्याग्दीको सदरमुकाम बेनी नगरपालिका-९ काउलेगौडाका ३० बर्षिय पुरुष र चितवन घर भई हाल बेनपा ४ बस्ने २७ बर्षिय पुरुषमा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।

संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ। बेनपा–४ मा बस्ने लघुवित्तका कर्मचारी हुन भने बेनपा–९ का पुरुष रघुगंगा जलविद्युत आयोजनामा कार्यरत मजदुर हुन्।

कोरोनाको लक्षणसँग मिल्ने समस्या देखिएपछि बेनी अस्पतलामा उपचारको क्रममा स्बाब संकलन गरिएको थियो । यता बेनीबजारमा कन्ट्रयाक्ट ट्रेसिङमा परेकाका १७ जनाको स्बाब रिर्पोट नेगेटिभ आएको प्रमुख लम्सालको भनाई छ।

म्याग्दीको सदरमुकाम बेनी र पश्चिम म्याग्दीको दरबाङ कोरोना संक्रमणको चपेटामा परेको छ । पछिल्लो समय समुदायस्तरमा संक्रमण देखिन थालेपछि कन्ट्रयाक्ट ट्रेसिङको काममा समस्या देखिन थालेको छ ।

 

Leave a Reply