जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले सवारीसाधनका चालकलाई नमस्कार सहित सचेतना जगाउन एक मिनेट कार्यक्रम सुरु गरेको छ ।

ट्राफिक कार्यालय गण्डकी प्रदेशको सर्कुलरमा सुरु गरिएको एक महिने सवारी चालकलाई नमस्कार र चालकसंग १ मिनेट कार्यक्रम अन्तरगत बेनी जोमसोम सडकखण्ड अन्तरगत जलेश्वरमा कार्यक्रमको सुरुवात गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय हवल्दार बैकुण्ड पौडेलले बताए । ‘सचेतनामुलक कार्यक्रम एक मिनेटमै सम्पन्न हुन्छ,‘चालकका गुनासो समेत टिपोट हुन्छ’ पौडेलले भने ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक डाक्टर चौधरी र ट्राफिक कार्यालयका प्रमुख सहितको टोलीले साना ठुला ५५ वटा सवारी साधनहरुका ५५ जना चालकहरु लाई सम्मानपुर्वक नमस्कार गरी कोरोना भाईरसबाट बच्नको लागि सामाजिक दुरी कायम गरी अनिवार्य मास्क प्रयोग गर्ने जस्ता जनस्वास्थ्य मापदण्डका कुराहरुको बारेमा जानकारी गराईएको थियो ।

सोही अवसरमा चालकले समेत म्याग्दी ट्राफिकको सेवामा गुनासोलाई समेत खुलेर जानकारी गराउन अनुरोध गरेका छन् । सवारी साधन चलाउदाँ अनिवार्य रुपमा सिटबेल्ट लगाऔँ,मोटरसाईकल र स्कुटर चलाउँदा हेल्मेटको फित्ता अनिवार्य रुपमा लगाऔँ, मादक पदार्थ तथा नसाजन्य चिज बस्तुहरु सेवन गरी सवारी साधन नचलाउन तिब्र गतिमा सवारी साधन नचलाउन लगायत दुर्घटनाबाट जोगिन विभिन्न गतिविधिका बारेमा जानकारी गराएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उक्त अभियानमा ५५ प्रति ट्राफिक जनचेतनामुलक पर्चा पम्पलेट समेत बितरण गरीएको छ । यो अभियानलाई एक महिना सम्म निरन्तर जारी रहेन छ ।

 

Leave a Reply