म्याग्दीका दुई महिलााको पोखरामा कोरोना संक्रमण पुष्टी भएको छ । उपचारका लागि पोखरा गएका उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ की ३४ बर्षिया र बेनी नगरपालिका–१ घर भई हाल पर्वतको जलजला गाउँपालिका–३ पारीबेनी बस्ने ३८ बर्षिया महिलामा कोरोना पुष्टी भएको जनाइएको छ ।

क्षयरोग उपचार केन्द््र पोखरामा गरिएको पिसिआर परीक्षणमा दुबै महिलालाई कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए । ‘संक्रमितको ट्राभल हिष्ट्री आइपुगेको छैन्,‘पर्वतबेनी पनि कोरोनाको जोखिममा छ’प्रमुख लम्सालले भने । उनका अनुसार संक्रमति महिला पश्चिमाञ्च क्षेत्रीय अस्पताल र चरक अस्पतालको आइसोलेशनमा छन् ।

म्याग्दीबाट उपचारका लागि जाने बिरामीमा कोरोना पुष्टी हुने थालेपछि थप जोखिम बढेको छ। संक्रमतिको अस्पष्ट विवरणका कारण समुदायमै कोरोना संक्रमण बढ्ने अवस्था भएकाले संक्रमतिसँग नजिक भएकाले १४ दिन होम क्वारेन्टाइनमा बस्न समेत अनुरोध गरिएको छ।

संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । आइतबार नै बेनी अस्पतालमा उपचारका लागि आएको बेलामा कोरोनाको लक्षण देखिएपछि बेनपा–४ मा बस्ने लघुवित्तका कर्मचारी हुन भने बेनपा–९ का पुरुष रघुगंगा जलविद्युत आयोजनामा कार्यरत मजदुरमा कोरोना पुष्टी भएको थियो । कोरोनाको लक्षण देखिएका संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेकामा कोरोना संक्रमण भइरहेको छ ।

Leave a Reply