दुवै मृगौलामा समस्या देखिएपछि उपचारमा आर्थिक समस्या झेल्दै आएका म्याग्दीको मालिका गाउँपालिका-१, निस्कोटका एक यूवाले सहयोगको याचना गरेका छन् । निस्कोटका ३० बर्षिय चित्रबहादुर पुनको दुवै मृगौलाले काम नगरेपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको अवस्थामा आर्थिक समस्या देखिएपछि उपचारमा सहयोगको अपिल गरिएको छ ।

पारिवारिक रुपमा आर्थिक अवस्था कमजोर भएका पुनको उपचारमा संकलन गरिएको आर्थिक सकिएपछि अस्पतालको शैयाबाटै सहयोगको अनुरोध गरेका हुन् । अस्पतालमा नियमित डाईलासिस सहित अन्य औषधी लगायतका खर्चमा समस्या भएको पीडित पुनले बताए ।

‘मलाई रोग लाग्दा परिवारबाटै साथ दिने कोही छैन्,‘निको भएर छोराछोरीलाई शिक्षादिक्षाका लागि मैले नै केही गर्नुपर्ने छ’ पुनले भने । थप उपचारमा आर्थिक जुटाउन नसकेमा घर फर्किनुको विकल्प नभएको पुनको भनाई छ ।

‘विपन्न परिवारका हुन्,‘सामान्य कृषिपेशाबाट परिवारको गुजरा चल्ने गरेको छ’ उनले भने । हाल नियमित उपचार र भविस्यमा प्रत्यारोपण सहित नियमित उपचारका लागी आर्थिक आवश्यकता रहेकाले आर्थिक सहयोगबाटै नयाँ जीवन पाउने बताए।

मृगौला प्रत्यारोपण तथा डायलासिस गर्नुपर्ने चिकित्सकले बताएपछि एक महिनामा २ लाख खर्च भइसकेको छ । उनको उपचारमा आफन्तले सहयोग गरेका छन् । निस्कोटबाट स्वदेश तथा विदेशमा रहेकाहरुलाई सहयोग जुटाउन अपिल गरेका छन्। नाता, ईष्टमित्र तथा आफन्तलाई उपचारमा हारगुहार गरेका छन् ।

Leave a Reply