बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर १ पालाकोटस्थित जनसेवा युवा क्लवले मृगौला रोगी एक कलाकारलाई झण्डै साढे ९ लाख सहयोग जुटाएको छ । दुवै मृगौला खरावी भएर उपचार गराइारहेकी पूर्व कलाकार गीता थापाको दुवै मृगौला फेल भएपछि उनको उपचार तथा जीवन रक्षाका लागि जनसेवा युवा क्लबले सङ्कलित रकम ९ लाख ४७ हजार ९ सय ५२ रुपैया हस्तान्तरण गरेको हो ।

कात्तिक २२ गते एक कार्यक्रमको बिच क्लवका पुर्व अध्यक्ष लक्ष्मण थापा, खडक थापा, रन बहादुर थापा लगायत क्लवका पदाधिकारी लगायत समाजसेवीहरुबाट गीता थापा बचाऔँ अभियानमा संकलित रकम पीडितलाई हस्तान्तरण गरिएको अभियानका संयोजक क्लबका पुर्व अध्यक्ष रन बहादुर थापा ‘रनिस’ ले बताए ।

‘अभियानमा साथ दिनु भएकोमा सम्पुर्ण परोपकारी मनहरुलाई धन्यवाद प्रकट गछौं,‘यो सहयोगले उपचारमा सहज हुने छ’थापाले भने। उपचारमा ब्यक्तिगत तथा संघ संस्थालाई समेत अभियानमा सहयोग गरिदिन उनले अनुरोध गरे ।

गीता थापाको दुवै मृगौला फेल भएपछि चितवन स्थित पुरानो मेडिकलमा उपचार पछि अहिले धौलागिरी अस्पताल बागलुङमा डाइलेसिस गराउदैं आइरहेको क्लबका अध्यक्ष मनिराज रोकाले बताए । पीडित थापा परिवारले उक्त रकमले उपचारमा धेरै सहज भएको बताउँदै क्लव र सहयोगदातालाई धन्यवाद ज्ञापन गरेका थिए ।

 

 

 

Leave a Reply