म्याग्दीको मालिका गाउँपालिका-७, बिमका बाढीपहिरो विस्थापितको पुर्नवास र जग्गा ब्यवस्थापनका लागि बिम मालिका संघ अन्तराष्ट्रियबाट ७० लाखभन्दा बढी आर्थिक संकलन गरिएको छ ।

विश्वका विभिन्न देशमा छरिएका बिमबासीको सक्रियतामा स्थापना भएको संस्थाले असार २५ र २६ गतेको भीषण वर्षापछिको पहिरोका कारण विस्थापित भएकालाई सुरु गरेको अभियानमा ७० लाख २० हजार ८६५ रुपैयाँ सङ्कलन गरेर पूर्णरुपमा विस्थापित, उच्च जोखिममा रहेका घरधुरीका सुरक्षित स्थानमा स्थानान्तर गर्ने तयारीमा छन् ।

बिममा पहिरोमा परेर ८ जना मृत्यु र एक जना अझै बेपत्ता रहेको गाउँमा विस्थापित ३३ घरधुरीको पुर्नवासमा संकलित रकम कसरी खर्च हुन्छ भन्ने विषयमा बेनीअनलाइनले आर्थिक संकलन अभियानका संयोजक एवम् मालिका संघ अन्तराष्ट्रियका अध्यक्ष कृष्ण जुग्जालीसँग गरेको छोटो कुराकानी ।

बिम मालिका संघ मार्फत हाल सम्म के कस्ता काम गर्नु भएको छ ?

बिम मालिका संघ मार्फत हाल सम्ममा थुप्रै मानवीय काम गरेका छौ ।जस्तै बस दुर्घटनामा परि मृत्यु हुने र घाईते परिवारहरूलाई राहतको व्यवस्था, घर आगोले जलेकालाई , मृगौला पिडीत , क्यान्सरबाट ग्रसितहरूलाई,टिटानस पिडितलाई,अलपत्र भई वेहोस अवस्थामा फेला परेका घाईतेलाई, विधुतको करेण्ट लागेर घाईते भएकालाई विभिन्न रोगबाट रोगी भएका र आर्थिक अभावको कारणले उपचार हुन नसकेकाहरूलाई भरखरै बागलुगं ढोरपाटनमा गएको बादी पहिरो पिडीतलाई समेत यो संस्थाले मानवीय काम गरेको छ।

भने मालिका गाउॅपालिका वडा नं।७ बिममा २०७७ साल असार २५ गते गएको बादी पहिरो पिडितहरुको लागी पनि तत्काल पुनस् निर्माणको काम स्थानिय सरकार संग सहकार्य गर्दै छौ ।

बिममा वादीपहिरोबाट विस्थापितलाई बिम मालिका संघ अन्तर्राष्ट्रियले के कस्तो सहयोग गर्दै छ त ?

केन्द्र र अन्तर्राष्ट्रिय समितिले के सहयोग गर्दै छ भन्ने वारेमा छोटकरीमा भन्नु चाहान्छु ।

क)हाम्रो पहिलो सहयोग भनेको घर निर्माण गराउने नै हो । र घर निर्माण गर्न सबै भन्दा आवश्यकता भनेको जग्गा हो ।
जग्गाको व्यवस्थाको टुगों लागाउन। नोभेम्वर १ तारिख आईतवारको दिन बिम मालिका संघ अन्तर्राष्ट्रिय विभागका सचिव मन्दीप जुग्जाली ज्युको संचालनमा शुरू गरिएको मेरो अध्यक्षतामा वसेको शयय बैठकको प्रमुख अतिथि वडा अध्यक्ष ज्यु र विशेष अतिथि संघका केन्द्रीय अध्यक्ष ज्यु र जनप्रतिनिधि ,सबै राजनैतिक दलका नेता ज्युहरू,साथै संघका पदाधिकारीहरू सल्लाहकार ज्युहरू ,सबै देशका सल्लाहकार र सदस्य ज्युहरू, निर्माण समितिका सदस्य समितिको संयुक्त बैठकले बिम मालिका संघले पास गर्ने सहमति गरी यस संस्थाले २० लाखमा जग्गा किनी सहयोग गरी दिने निर्णय गरेका छौ ।

ख)घर निर्माण गर्नका लागि बिम मालिका संघले स्थानिय सरकारलाई के सहयोग गर्नु पर्ने हो । ती सहयोगहरूमा संस्थाले निरन्तर सहयोग गर्ने प्रतिवद्वता गरेका छौ ।

ग)बिम मालिका संघ केन्द्र र अन्तर्राष्ट्रीय विभागले स्थानिय सरकारको मापदण्ड कै आधारमा वडाकै योजनामा जे कार्यविधि वनाएर अघि वढ्नु हुन्छ । त्यसैलाई नै मान्यता दिई सहयोग गर्ने भनेका छौ ।

विस्थापितलाई सघाउने गरी हालसम्म कति आर्थिक जुटाउनु भएको छ त ?

हाल सम्ममा १५ देश युके,अमेरिका,बेल्जियम,हगंकगं कोरिया, अष्ट्रेलिया, स्पेन,कतार,दुवई,ओमन, पर्चुगल,मलिसिया,स्वीजरल्याण्ड,काठमाण्डु,जापन,गरी सत्तरी लाख बीस हजार आठसय पैसठ्ठी रूपैया।आर्थिक जुटाएका छौ । बॅाकी रू २४६०००( दुई लाख छयालीस हजार उठ्ने कुरा आएको छ ।

संस्था मार्फत संकलन गरिएको आर्थिकलाई कसरी व्यवस्थापन गर्दै हुनु हुन्छ ?

हामीले यो आर्थिकलाई कसरी पारदर्शिता अपनाउन सक्छौ । र व्यवस्थापन गर्छौ भन्ने बिषयमा पहिलो कुरा त हामी बिमाले सबै सकारात्मक छौ । त्यसकारण हामीले यो राहतको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानिय सरकारलाई दिने हो ।

यसको काम कर्तव्य र अधिकार पनि स्थानिय सरकारलाई नै भएको हुदॅा र स्थानिय सरकारको मातहतमा रहेर पुनस् निर्माण समिति पनि गठन भएकोले यो संस्थाबाट पनि निर्माण समितिमा केन्द्रीय सचिव याम बहादुर फगामी ज्यु समेत रहेको हुदां र वडा ७ का अध्यक्ष नै संयोजक भएकोले पनि हामी सबैको सहकार्य र सहमति बाट व्यवस्थापन गर्दछौ ।

अधिकांशको पुरानो घर भएको स्थानमा बस्न लायक छैन, नयां ठाउमा स्थानान्तर गर्ने जग्गा खरिद गर्नु भयो त?यस बिषयमा स्थानिय सरकारका वडा नं ७ का वडा अध्यक्ष ज्युको स्पस्त धारणा आएकोले मैले भन्नु पर्ने आवश्यकता ठानिन, जहॅा सम्म स्थानान्तर गर्ने कुरामा आधिकारिक रूपमा भन्नु पर्दा जग्गा खरिद भने यो संस्थाले ५ रोपनी १३ आना जग्गा किनि दिने सहमति नोभेम्वर १ तारिखको शयय बैठकले गाउदेखि काठमाण्डु हुदै अन्तर्राष्ट्रीय क्षेत्र सम्मको भेलाबाट निर्णय गरियो । सम्भव भए यो जग्गा पास गरे लगतै निर्माण समितिले नक्शा पास गर्नासाथ काम शुरू हुन सक्छ । किनभने सबैभन्दा समस्या जग्गाको हो जग्गा खरिद भईसक्यो ।

पुर्नवास अभियानमा संकलन भएको सबै आर्थिक बादीपहिरो विस्थापित भएकालाई नै खर्च हुन्छ कि बचत राख्नु हुन्छ ? यस पुर्नवास अभियानमा संकलन भएको रकम बचत राख्नु हुन्छ कि सबै खर्च गर्नु हुन्छ भन्ने निकै सान्दर्भिक प्रश्नको लागी धन्यवाद , बिम मालिका संघ नेपाल सरकारको दर्ता एनको नियम बमोजीम दर्ता भएको आधिकारिक संस्था भएको हुनाले तपाईले सोध्नु भएको प्रश्न ठिक छ ।

अब रहयो कुरा सबै खर्च हुन्छ कि बचत २०७७ साल असार २५ गते परेको अविरल बर्षाको कारण भएको यो बादीपहिरो विस्थापितहरूलाई पुर्नवासको व्यवस्थापनमा नै हाम्रो पहिलो प्राथमिकतामा रहन्छ । मालिका गाउपालिका वडा नं७ बिममा तुरून्तै ३३ वटा घर वनाउनु पर्ने वडा कार्यलयको जानकारी भए अनुसार स्थानिय सरकार गाउपालिका , प्रदेश सरकार, संघिय सरकार लगायत विभिन्न निकायहरूबाट जे-जति रकम आउछ ।

यी सबै निकायबाट आएका रकमबाट पनि ३३ वटा घर निर्माण हुन नसक्ने अवस्थामा बिम मालिका संघले रकम बचत राख्ने भन्ने कुरै उठ्दैन ।  बरू के कस्ता कदम उठाउनु पर्ने हो । त्यतातिर हाम्रो संस्थाको ध्यान केन्द्रित हुने छ ।तर सबै निकायबाट आएका आर्थिक मजवुट भई कम खर्चमा ३३ वटा घर निर्माण भएमा संकलन भएका आर्थिक बचत भएमा संस्थाले बचत राख्न सक्दछ ।

यस भन्दा अगाडी पनि धेरै आर्थिक हस्तान्तरण भएको छ प्रवासीहरूको समन्वयमा थप कोष वनाउन सकिदैन?
हो हामीले यस भन्दा अगाडी उच्च माध्यामिक विधालय,संचालन गर्न होस्,खारा(बिम सडक निर्माण गर्नका लागी होस्,कृषि क्याम्पस बिममा वनाउनका लागि होस्, दुखि गरिवहरूको उद्वारको लागी होस् दश हजार देखि लाखौ-लाख सहयोग हस्तान्तरण गरि सकेका छौ ।

यसकारण अहिलेको अत्यन्तै यो दुखद घडीमा बिम मालिका संघले ७० लाख २० हजार हस्तान्तरण गरी पुर्नवास निर्माणमा सहयोग गर्ने छौ भने यो संस्थाको कोष पनि वनाएका छौ ।

अन्तमा , मल्कवागं समाजका अध्यक्ष सेर छन्त्याल ज्यु लगायत सम्पूर्ण मल्कवागं वासीहरू, अमेरिका वासी शिवागं ताकम रामरअम्विका गुरूगं ज्यु मो (मोना) युके बिमकै चेली जुनु पुन बिमका सम्पूर्ण छोरी-ज्वाईहरू यस अभियानलाई सहयोग गर्नु हुने आदरणीय समाज सेवी मित्रहरू ,पूर्व देखि पश्चिम सम्मका सहयोगी महानु

भावहरू,बुबाआमा,दाजूभाई,दिदीबहिनीहरू र जो-जस्ले हाम्रो यो अभियान प्रति सदभाव माया(स्नेह देखाई पिडीतहरू रोईरहेको आखॅा पुछ्नु हुने सम्पूर्ण दानविर महानुभावहरू प्रति बिम मालिका संघ अन्तर्राष्ट्रिय विभागको तर्फबाट केन्द्रको तर्फबाट बिम समाज युकेको तर्फबाट र सिगों बिम वडाको तर्फदेखि र मेरो व्यक्तिगत तर्फदेखि अन्तर आत्मदेखि नै आभर प्रकट गर्दै  धन्यवाद दिन चाहन्छु । धन्यवाद

 

Leave a Reply