पश्चिम म्याग्दीको मंगला गाउँपालिका-५, छिस्बाङमा एक यूवा बेपत्ता भएका छन् । सोमबार दिउँसो धान झाट्न टिकावाङबाट आएका अन्दाजी १६ वर्षीय शंकर बिकको म्याग्दी खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएको वडा अध्यक्ष भुपेन्द्र केसी क्षेत्रीले बताए ।

‘काम गर्न आएका थिए,‘गर्मी भयो भन्दै तीनजना खोलामा गएका रहेछन्’ केसीले भने । उनका अनुसार खोलामा पौडी खेल्ने क्रममा विक बेपत्ता भएपछि बाहिर दुई जना बाहिर निस्किएका थिए ।

बेपत्ता विकको खोजीकार्य गरिएपनि पत्ता लाग्न सकेको छैन् । प्रहरी चौकी बावियाचौरबाट गएको टोलीसँगे खोजीकार्य गरेपनि फेला नपरेपछि गोताखोरको टोली ल्याउन पहल भइरहेको वडा अध्यक्ष केसीले बताए ।

Leave a Reply