नेपाली कांग्रेस म्याग्दीले गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती मनाएको छ । पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी भौतिक दुरी कायम गदैं प्रजातन्त्र पुनःस्थापनाका लागि वि.सं. २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहको जन्मजयन्ती मनाएको हो ।

कार्यक्रममा पार्टी उपभापति माधवप्रसाद रेग्मीले देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंहको योगदानको ब्यवहारिक रुपमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, पूर्व सहसभापति नेत्र बहादुर महत, महासमिति सदस्य चिरञ्जीवि शर्मा, नेविसंघ म्याग्दीका सभापति निर्मल खत्री लगायतको उपस्थिती रहेको थियो ।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल सिंहको योगदानको चर्चा गरिएको थियो ।

सोही अवसरमा नेपाली कांग्रेसका नेता स्व. सुर्वण समशेर राणाको ४४ औ स्मृति दिवस मसते मनाइएको पार्टी सचिव मिनबहादुर कार्कीले बताए । उनले कोरोना भाइरसको जोखिमका कारण पार्टीले नियमित कार्यक्रमहरु स्थगित गरी थोरै संख्यामा सहभागि हुने गरी कार्यक्रम गर्ने गरेको बताए ।

 

Leave a Reply