जाडो मौसम शुरु भइसकेको छ, कोरोना भाइरस संक्रमणको जोखिमले सहरबजारमा बस्ने त्रासमा छन् । ग्रामिण क्षेत्रमा पनि चहलपहल कमै छ । रोगबाट जोगिन जनस्वास्थ्यका मापदण्डको अनिवार्य प्रयोगमा समेत जोड दिइएको छ । चिसो मौसममा शरीरलाई स्वस्थ राख्न तातोपानीले नुहाउने, शरीरले न्यानो र तातो खानेकुरा खोज्न थालिसकेको छ ।

यस्तै अवस्थामा म्याग्दीका योगाका प्रशिक्षकहरू पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको बगरमा रहेको प्राकृतिक चिकित्सालय तातोापनीमा योगसाधना गरेका छन् । नविन योग आनन्द केन्द्रका अध्यक्ष नविन जुग्जाली, योग प्रशिक्षक खड्का छन्त्याल, योगी देवराज सुबेदी, लक्षिण भट्टचन सहितको टोलीले कुण्डभित्र जल ध्यान, प्राणयाम, हास्य योग, आसन योग र जल चिकित्साको अभ्यास गरेका छन् ।

म्याग्दीका ६ वटै स्थानीय तहमा योगसाधना सम्बन्धि प्रशिक्षणमा ब्यस्त हुने गरेको टोलीले प्राकृतिक चिकित्सालय तातोपानीले योगसाधनामा धेरै सहज हुने भन्दै प्रशिक्षण तथा ध्यानका लागि कुण्डमा पुगेको टोलीको भनाई छ । चिसो मौसममा व्यायाम र खानामा तालमेल मिलाउन सकियो भने स्वस्थ र शरीरलाई आराम हुने प्रशिक्षक जुग्जालीको भनाई छ ।

खानपान र व्यायाममा ख्याल गरिएन भने चिसो मौसममा शरीरमा पानी र क्यालोरी कम हुने भएकाले जाडो मौसममा योगसाधना आवश्यकता रहेको बताए । कोरोना भाइरसका कारण योग, आहार तथा मनोबलको महत्व अझ बढेको अवस्थामा विभिन्न क्षेत्रमा पुगेर योगसाधानमा ब्यस्त टोलीले कोरोना भाइरससँग जुध्न आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण रहेको सन्देश समेत प्रवाह गरिरहेको छ ।

हरेक मानिसले जीवनमा सफलता र समृद्धिका लागि नियमित योगको आवश्यकता रहेकाले प्रशिक्षणको क्रममा अनुभव सुनाउन समेत नयाँ ठाउँमा जाने गरिएको प्रशिक्षक खड्क छन्त्यालको भनाई छ । शारीरिक रूपमा सुस्वास्थ, मानसिक रूपमा सन्तुलन, बौद्धिक रूपमा प्रतिभावान् तथा आत्मिक रूपमा सबल हुने योगको आवश्यकता रहेको टोलीको भनाई छ ।

 

Leave a Reply