बेनी नगरपालिकाले बुधबारदेखि सबैखाले सेवाहरू सञ्चालन गर्न जिल्ला संकट ब्यबस्थापन केन्द्र (सिसिएमसी)लाई अनुरोध गरेको छ ।

नगरपालिकाले वडा नं ७ र ८ को घर–घरमा पुगेर ‘कोरोनासँग मिल्दोजुल्दो लक्षण भए नभएको चेकजाँचसँगै तत्काल उच्च जोखिमको सम्भावना नभएको भन्दै बुधबारदेखि नियमित सेवा सुरु गर्न अनुरोध गरेको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीले बताए ।

‘समुदायस्तरमा तत्काल उच्च जोखिम देखिएन,‘जनस्वास्थ्यका मापदण्डको कार्यान्वयन सन्तोषजनक देखियो’ सुबेदीले भने । कोरोनाको अवस्था बुझन् ‘कम्युनिटी टेष्ट स्किृनिङ’ सहित आइतबारदेखि घरदैलो अभियानमा ५ सय ८१ घरधुरीका ३९ सय १० जनाको चेकजाँच गरिएको थियो ।

नगरपालिकाको स्वास्थ्य शाखामार्फत गरिएको कार्यक्रममा होम आइसोलेसनमा बसेकाहरुले समेत मापदण्ड प्रयोग गरेको अवस्थामा बन्दलाई नियमित गर्नुपर्ने अवस्था नदेखिएको बताइएको छ ।

संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेकामा धमाधम कोरोना देखिएपछि ‘कम्युनिटी टेष्ट स्किृनिङ’ को योजना बनाउन नसक्दा थप जोखिम बढेपछि आइतबार र सोमबार अभियान सञ्चालन गरेको थियो । यसैबीच सिसिएमसीको बैठक बस्दै छ । बैठकबाट नगरपालिकाको अनुरोध अनुसार नै निर्णय हुने बताइएको छ । यस अगाडी म्याग्दी उद्योग वाणिज्य संघले समेत बन्द नै समस्याको समाधान नभएको भन्दै खोल्न नगरपालिकालाई अनुरोधपत्र नै बुझाएको थियो ।

Leave a Reply