गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमले मंगलबार ठेगाना नखुलाई सार्वजनिक गरेका म्याग्दीका चारैजना संक्रमति सम्पर्कमा आएका छन्। क्षयरोग उपचार केन्द पोखरामा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टी भएका संक्रमतिको ठेगान सहितको विवरण प्राप्त भएको बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

‘कात्तिक २२ गते संकलन गरी पठाइएको १४ जनाको स्बाबमा बेनी अस्पतालका कर्मचारी बाहेक बेनी नगरपालिका–६ स्थायी घर भई हाल बेनपा–८ न्यूरोड बस्ने ६५ बर्षिय पुरुष र बेनपा–८ घर भई पर्वत बेनीमा समेत बस्ने २६ बर्षका यूवा र बेनपा–२ का १५ बर्षिय बालक रहेका छन् । १५ बर्षिय बालक आफ्नै बुबाको कन्ट्रयाक्ट ट्रेसिङमा परेका थिए ।

‘तीनै जना संक्रमितको अस्पतालमा आउँदा कोरोनाको लक्षण थियो,‘पछिल्लो समय बेनीमा लक्षण सहितका संक्रमति भेटिन थालेका छन्,‘चाडपर्वमा कोरोना फैलिने जोखिम भएकाले थप सर्तक हुनुपर्छ’ बेनी अस्पतालका प्रमुख डा. अमृत अधिकारीले भने ।

जिल्लाभित्र देखिएका अधिकांस संक्रमतिमा लक्षण नभएपछि केही संक्रमतिमा लक्षण देखिएको बताए । संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेकाले सावधानी अपनाउनुपर्ने डा. अधिकारीको भनाई छ ।

Leave a Reply