म्याग्दीका एक कोराना संक्रमतिको स्वास्थ्यमा समस्यापछि थप उपचारका लागि पोखरा रिफर गरिएको छ । कोरोनाको लक्षण देखिएपछि उपचारका लागि बेनी अस्पतालमा आएका बेनी नगरपालिका-८, का २६ बर्षिय यूवाको उपचारमा थप सहज हुने गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रिफर गरिएको बेनी अस्पतालका प्रमुख डा. अमृत अधिकारीले बताए ।

‘अस्पतालमै अक्सिजन दिएर उपचार भइरहेको थियो,‘उपचारमा थप सहज हुने भएकाले पोखरा पठाइएको हो’ अधिकारीले भने । उनका अनुसार अस्पतालमा दिउँसो ३ बजेपछि खाली हुने जानकारी पाएपछि रिफर गरिएको थियो ।

ज्वरो, खोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि संक्रमतिलाई आइसियू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भएकाले पठाइएको अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

उनका अनुसार अस्पतालमा उपचारका लागि आउने क्रममा यूवामा कोरोनाको लक्षण देखिएपछि कात्तिक २२ गते स्बाब पिसिआरका लागि पठाइएको थियो । स्बाब संकलन गरी पठाइएको यूवाको अवस्था खतरामुक्त छ ।

कोरोना संक्रमतिलाई आवश्यक पर्ने पूर्वाधार पोखरामा भएकाले आवश्यक समन्वय गरी पठाइएको अस्पतालले जनाएको छ ।

म्याग्दी बाहेक छिमेकी पर्वतको जलजला गाउँपालिकाबाट समेत कोरोनाको लक्षण देखिएका बिरामीहरु उपचारका लागि अस्पतालमा आउने गरेकाले समान्य समस्या भएका बिरामीलाई अस्पतालमा चेकजाँच गर्न आउने क्रममा जनस्वास्थ्यको मापदण्डको अनिवार्य प्रयोग गर्न समेत अनुरोध गरिएको छ ।

Leave a Reply