दुवै मृगौलामा समस्या देखिएपछि उपचारमा आर्थिक समस्या झेल्दै आएकी म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेकी एक महिलाले सहयोगको याचना गरेकी छन् । पिप्लेको तुसारेपानी बस्ने ५५ बर्षिउ चनमाँया मगरको दुवै मृगौलाले काम नगरेपछि पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारर्थ मगरको उपचारमा आर्थिक अभाव भएपछि सहयोगको अनुरोध गरेकी हुन् ।

‘मेरो उपचार गर्ने आर्थिक हैसियत छैन्,‘सहयोग पाए बाँच्ने थिए’ उनले भनिन् । अस्पतालको शैयाबाट उपचारमा सहयोगको अनुरोध गरेकी मगरले आफन्त र चिनजानका मान्छेको सहयोगले केही सहज भएपनि चिकित्सकले थप आर्थिकको ब्यवस्था गर्न अनुरोध गरेपछि चिन्तित भएको बताईन् ।

अस्पतालमा नियमित डाईलासिस सहित अन्य औषधी लगायतका खर्चमा समस्या भएमा संकलित रकम सकिएको छ । मृगौला प्रत्यारोपण तथा डायलासिस गर्नुपर्ने चिकित्सकले बताएपछि चैत यता ६ लाख खर्च भइसकेको छ । राखुबाट स्वदेश तथा विदेशमा रहेकाहरुलाई सहयोग जुटाउन अपिल समेत गरेका छन् ।
खाता रहेको बैंक : सिटिजन्स बैंक बेनी शाखा
खातावालाको नाम : चनमाया मगर
खाता नं. : ०१८०१००००१०५३०३५

Leave a Reply