म्याग्दीको धवलागिरी गाउँपालिका-६, मराङमा बाढीपहिरोका कारण अवरुद्ध भएको विद्युत मर्मतपछि सूचारु भएको छ । असार २५ र २६ गतेको बाढीपहिरोले वितरण लाइनको पोल तथा तारमा क्षती पुर्याएपछि अवरुद्ध भएको विद्युतको नयाँ पोल थप गरी मर्मत गरिएको विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले जनाएको छ ।

बाढीपहिरोले मराङको बेसीगाउँ जाने सडकमार्गमा पोलमा असर गरेपछि ५ वटा नयाँ र पुरानोलाई मर्मत गरी सञ्चालनमा ल्याइएको प्रमुख माधब महतले बताए । ‘मर्मत सकिएसँगै अव नियमित आपुर्ती हुन्छ,‘बाढीपहिरोले अवरुद्ध भएका अन्य ठाउँमा पनि मर्मत गरिएको छ’ प्रमुख महतले भने ।

कोरोना भाइरसको जोखिम लगायत विभिन्न कारणले मर्मतमा ढिलाई भएको थियो । बडा अध्यक्ष राजाराम सुबेदीले विद्युत आपूर्ती सहजले स्थानीयलाई राहत मिलेको बताए । बेँसी, कुम्री, दमाका, पन्थोक, लुक्सिबाङ र खाउरीबाङका ७८ घरधुरीलाई मिटर वितरण गरिएकोमा सबैको घरमा विजुली बोल्ने अध्यक्ष सुबेदीको भनाई छ ।

मंगलबार प्राविधिकको टोलीले ट्रान्सफर्मर आसपासमा गरेको परीक्षण सफल भएपछि बुधबारबाटै विजुलीको सहज आपूर्ती हुने अध्यक्ष सुबेदीको भनाई छ। पहिरोले विस्थापित मराङबासी विद्युत आपूर्ती नहुदाँ मोवाईल लगायतका विद्युतीय उपकरणको प्रयोगमा समेत सास्ती खेप्दै आएका थिए ।

Leave a Reply