पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङमा कोरोना संक्रमति सहित कन्ट्रयाक्ट ट्रेसिङमा परेका १५ जनाको स्बाब संकलन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीबाट खटिएको टोलीले स्बाब संकलन गरी पिसिआर परीक्षणका लागि पोखरा पठाएको वडा अध्यक्ष सन्तनाथ सुबेदीले जानकारी दिए ।

‘स्बाबको नतिजा नआउँदासम्म बजार बन्द हुन्छ,‘समुदायस्तरमा कोरोना फैलिन नदिन सचेत छौ’उनले भने । संकलन गरिएको स्बाबमा संक्रमतिसँगै सम्पर्कमा रहेका तथा बजार क्षेत्रमा कोरोनाको लक्षणसँग मिल्ने बिरामी रहेको वडा अध्यक्ष सुबेदीको भनाई छ ।

दरबाङ बजारमा अर्को सूचना जारी नहुदाँसम्म अति आवश्यक बाहेको सेवा बन्द छ । म्याग्दीको सदरमुकाम बेनी, मंगला, मालिका कोरोना संक्रमणको जोखिम धेरै रहेको छ भने पछिल्लो समय समुदायस्तरमा संक्रमण देखिएपनि कन्ट्रयाक्ट ट्रेसिङको काम सुस्त छ ।

Leave a Reply