म्याग्दी खोलामा पौडी खेल्ने क्रममा हरारहेका मंगला गाउँपालिका-५, टिकावाङका एक यूवाको शब शसस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको छ ।

सोमबार दिउँसो धान झाट्न टिकावाङबाट छिस्वाङमा आएका अन्दाजी १६ वर्षीय शंकर बिक साथीहरुसँगै खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएपछि खोजीकार्य गर्दा पत्ता लगाउन नसकेपछि गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी गोताखोरको टोली मगाएको थियो ।

गर्मी भएको भन्दै पौडी खेल्न गएका बिकको खोजीमा स्थानीयको प्रयास असफल भएपछि प्रजिअ उमाकान्त अधिकारीमार्फत गोताखोरको टोली मगाइएको थियो । पौडी खेल्ने क्रममा बेपत्ता विकको नजिकै गाडिएको अवस्थामा भेटिएको वडा अध्यक्ष भुपेन्द्र केसी क्षेत्रीले बताए ।

उनका अनुसार मृतकका आवश्यक प्रक्रिया पुरा गरी आफन्तलाई जिम्मा लगाउने बताए । यता गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले मृतकको खोजीकार्यमा शसस्त्रको टोली सफल भएको बताए ।

उनले प्रजिअ अधिकारी सहित टोलीप्रति आभार प्रकट गरेका छन् । खोलामा पौडी खेल्ने क्रममा विक बेपत्ता भएपछि सँगै गएका दुई जना सकुशल बाहिर निस्किएका थिए ।

म्याग्दीमा बाढीपहिरो, खोलाले बगाएर बेपत्ता भएकाको उद्धारमा अन्तिम विकल्पको रुपमा गोताखोरको टोलीलाई परिचालन गर्ने गरिएपनि अहिलेसम्म आएको टोलीले घटनास्थलबाट शब निकाल्न सकेको थिए । म्याग्दीमा बर्षेनी पटकपटक यस्ता घटनाामा सशस्त्रको सहयोग माग्ने गरिन्छ ।

Leave a Reply