बेनी नगरपालिका–३,भकिम्लीका बाढीपहिरो पीडितलाई मोना यूकेले आर्थिक सहयोग गरेको छ । अविरल बर्षासँगै बाढीपहिरोले क्षती पुगेका वडाभित्रका १० घरधुरीलाई मोना यूकेले ५० हजार सहयोग गरेको हो ।

वडा अध्यक्ष पदम पुनको उपस्थितीमा पूर्ण क्षती र विस्थापित ४ घरधुरी, आंशिक र समान्य क्षती भएकालाई राहत वितरण गरिएको थियो । सोही अवसरमा भकिम्ली, बरंजा र अर्मनको तिनगाउँले समाजले समेत ५० हजार समेत वितरण गरिएको थियो ।

समाजका अध्यक्ष थमन रोकाले उक्त सहयोग वडा अध्यक्षमार्फत वितरण गरेका थिए । कार्यक्रममा वडाका जनप्रतिनिधि, स्थानीयबासीको उपस्थिती रहेको छ । मोना यूकेमार्फत जिल्लाका सबै स्थानीय तहलाई राहत वितरण गर्ने महासचिव लालु पुनले जानकारी दिए ।

 

Leave a Reply