म्याग्दीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएको कात्तिक २४ र २५ गते स्बाब संकलन गरी पठाइएको ३४ जनामध्ये १० जनामा कोरोना पुष्टी भएको हो । क्षयरोग उपचार केन्द पोखरामा गरिएको पिसिआर परीक्षणमा बेनीबजारमा ९ र अन्नपूर्ण गाउँपालिकाको १ जनामा कोरोना पुष्टी भएको स्रोतले जनाएको छ ।

कोराना संक्रमतिमा बेनी नगरपालिका-७ का ४ जना, बेनपा-८ का ५ जना र अन्नपूर्ण गाउँपालिकाकी एक महिला हुन्। नयाँ संक्रमति मध्ये केही कन्ट्रयाक्ट ट्रेसिङमा परेका हुन् ।  कात्तिक २४ गते बेनी अस्पतालमा कोरोनाको लक्षणसँग मिल्ने १२ जना, कात्तिक २५ गते बेनी अस्पतालबाट ७ जना र अन्नपूर्ण गाउँपालिकाबाट १५ जनाको स्बाब संकलन गरिएको थियो ।

म्याग्दीको सदरमुकाम बेनी पुनः कोरोना संक्रमणको जोखिममा परेको छ । बेनीबाटै उपचारका लागि पोखरा गएकी एक बृद्धाको बिहिबार मृत्यु भएको थियो । म्याग्दीमा समेत लक्षण सहितका संक्रमति भेटिन थालेका छन् । कोरोना संक्रमतिको विवरण गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका शनिबार विहानको पहिलो बुलेटिनमा सार्वजनिक गर्ने जनाइएको छ ।

यता शुक्रबार जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख बेनपा–७ बस्ने ६७ बर्षिय बृद्ध बेनीको नभएको समेत बताइएको छ । जिल्ला बाहिरका संक्रमतिको नाम म्याग्दीमा परेको भन्दै पछि सच्चाइएको थियो । यसअगाडी समेत जिल्ला बाहिरका संक्रमतिको नाम म्याग्दीमा देखिएपछि खोजीकार्यमा समस्या भएको थियो ।

Leave a Reply