म्याग्दीमा शनिबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएको कात्तिक २४ र २५ गते स्बाब संकलन गरी पठाइएको ३४ जनामध्ये १० जनामा कोरोना पुष्टी भएको जनाइएको छ ।

क्षयरोग उपचार केन्द पोखरामा गरिएको पिसिआर परीक्षणमा बेनीबजारमा ९ र अन्नपूर्ण गाउँपालिकाको १ जनामा कोरोना पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कोराना संक्रमतिमा बेनी नगरपालिका–७ का ४ जना, बेनपा–८ का ५ जना र अन्नपूर्ण गाउँपालिकाकी एक महिला हुन्।

संक्रमति २८ देखि ५८ बर्ष उमेरका छन् । संक्रमति सबै कन्ट्रयाक्ट ट्रेसिङमा परेका हुन् । कात्तिक २४ गते बेनी अस्पतालमा कोरोनाको लक्षणसँग मिल्ने १२ जना, कात्तिक २५ गते बेनी अस्पतालबाट ७ जना र अन्नपूर्ण गाउँपालिकाबाट १५ जनाको स्बाब संकलन गरिएको थियो ।

म्याग्दीमा समेत लक्षण सहितका संक्रमति भेटिन थालेका छन् । कोरोना संक्रमतिको विवरण गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका शनिबार विहानको पहिलो बुलेटिनमा ठेगाना नखुलाइएपनि संक्रमतिलाई होम आइसोलेसनमा राखिसकिएको छ । म्याग्दीको सदरमुकाम बेनी पुनः कोरोना संक्रमणको जोखिममा परेको छ । बेनीबाटै उपचारका लागि पोखरा गएकी एक बृद्धाको बिहिबार मृत्यु भएको थियो । संक्रमतिको स्वास्थ्य अवस्था सामान्य छ ।

Leave a Reply